प्रदेश

प्रतिनिधि सभाको बैठक शोक प्रस्ताव पारित गरेर सकियो



काठमाण्डौ २६ फागुन । संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा दलहरुबीच कुरा नमिलेपछि आजको प्रतिनिधि सभाको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ ।आजको बैठकमा सात वटा अध्यादेश पेस गर्ने कार्यसूची रहे पनि दलहरुबीच विवाद नमिलेपछि प्रतिनिधि सभा सदस्य र पूर्व सदस्यको निधनमा प्रस्तुत शोक प्रस्ताव पारित गरेर सकिएको हो ।बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाका दुई जना बहालवाला सदस्य सानु सिवा र सूर्यबहादुर केसी तथा १२ जना पूर्व–सदस्यको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । आजको बैठक शोक प्रस्ताव पारित गरेर चैत तीन गते मंगलबारसम्मका लागि स्थगित भएको छ । 

प्रकाशित : २६ फाल्गुन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६