अर्थ-वाणिज्य

सिपले महिलालाई आत्मनिर्भर बनाउँछ : पन्त



कपिलवस्तु २७ फागुन । मानवअधिकारका लागि एकल महिला समुह कपिलवस्तुको आयोजना र वाणगंगा नगरपालिकाको आर्थिक सहयोगमा १० दिने झोला सिलाउने तालिम  वुधवार सकिएको छ ।  तालिम समापनका अवसरमा बोल्दै  वडा नं १ का अध्यक्ष बालकुमारी पन्तले  सिपले महिलालाई आत्मनिर्भर बनाउने बताउनु भयो ।  नगरपालिकाले महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउदै लगेको समेत  उहाँले स्पष्ट पार्नु भयो । कार्यक्रममा बोल्दै वडा नं ४ का अध्यक्ष गणेश क्षेत्रीले   नगरले  महिलाहरुलाई आर्थिक शसक्तिकरणका लागि सिलाईकटाई , कुसन , मुढा , चुरा , पार्लर लगायतका सिप सिकाउदै आर्यआर्जनमा लगाउने गरेको  बताउनु भयो ।

एकल महिला समुहका जिल्ला अध्यक्ष रुपा राईले एकल महिलाहरुले सिप सिकेर व्यवसाय गर्दा आर्थिक रुपले सहज हुने बताउनु भयो । नगरका ११ वटै वडाका महिलाहरु सहभागी भएको तालिममा १० दिन झोला बनाउने तालिम लिए पछि सिलाउने मेशिन समेत महिलाहरुले पाएका थिए  ।  सिप सँगै मेशीन पाए पछि महिलाहरु खुशी भएका थिए । १० दिन सम्म चलेको तालिमको प्रशिक्षण वसन्ती सेनले  दिनु भएको थियो ।  शोभा आचार्यको सञ्चालनमा कार्यक्रम भएको हो । 

प्रकाशित : २७ फाल्गुन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६