ब्रेकिंग न्युज

बर्दियामा बाघको आक्रमणबाट फेरि एक महिलाको ज्यान गयो



बर्दिया २७ फागुन ।बर्दियामा बाघको आक्रमणबाट फेरि एक महिलाको ज्यान गएको छ। बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ को कोठियाघाट र सम्झना सामुदायिक वनभित्र घाँस काट्न गएकी मधुवन ३ कोठियाघाट बजारकी एक महिलालाई बाघले आक्रमण गरेको हो ।पाटेबाघको आक्रमणबाट कोठियाघाट ३ की २७ वर्षीय रिना सुनारको ज्यान गएको जनाइएको छ । बुधबार दिउँसो २ बजेतिर समूहमा घाँस काट्न गएका बेला पाटेबाघले सुनारलाई आक्रमण गरेको थियो ।

यसअघि फागुन १७ गते मात्रै बर्दियाको गेरुवामा पाटेबाघले भैंसी चराउन गएका ६५ वर्षका एक पुरुषलाई आक्रमण गरेर ज्यान लिएको थियो। योसँगै बर्दियामा यस वर्ष बाघको आक्रमणबाट ८ जनाले ज्यान गुमाएका छन् ।पछिल्लो समय बर्दियाका बाघ आक्रमणका घटना बढ्न थालेपछि स्थानीयबासी थप त्रसित बनेका छन् । बाघ आक्रमणका घटना दिनहु बढिरहेकाले बर्दिया राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यलयले सूचना जारी गरेर निकुञ्ज तथा डिभिजन वन र सामुदायिक वनमा गाइभैसी चराउन तथा घाँस दाउरा लिन नजान पटक पटक आग्रह गरिरहेको छ ।पाटेबाघ आक्रामक बनिरहेकाले केही समय जंगल प्रवेश नगर्न र गर्नै परे पनि एक्लै नजान डिभिजन वन प्रमुख महेन्द्र राज वाग्लेले सम्पूर्ण स्थानीयमा आग्रह गरेका छन् ।

प्रकाशित : २७ फाल्गुन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६