काठमाडौं २८ फागुन। जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक सुरु भएको छ ।सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा जारी बैठकमा संसदीय दलको विधान पारित एवं संसदीय दलको नेता चयन लगायतका बारेमा छलफल हुने एक नेताले बताए ।राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी एकीकरण भएपछि बनेको जसपाले हालसम्म पनि संसदीय दलको नेता चयन गर्न सकेको छैन ।
२८ फाल्गुन २०७७, शुक्रबार








प्रतिक्रिया