अर्थ-वाणिज्य

नेपालकै इतिहासमा नयाँ रेकर्ड : एकैपटक ६ अर्वको बिष्फोटक पदार्थ बरामद



काठमाडौं, २८ फागुन । प्रहरीले ६ अर्ब रुपैयाँ बराबरको अढाई किलो बहुमूल्य विष्फोटक पदार्थ युरेनियमसहित काठमाडौंबाट चार जनालाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीबाट खटिएको टोलीले बिहीबार बौद्धबाट उनीहरुलाई पक्राउ गरेको हो । दुई किलो ५०० ग्राम युरेनियमसहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका एआईजी हरिबहादुर पालले जानकारी दिएका छन् । बरामद युरेनियमको नेपाली मूल्य ६ अर्ब रुपैयाँ बराबर पर्ने उनले जानकारी दिए ।

शुक्रबार पत्रकार सम्मेलन गरी प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो । नेपालमा युरेनियमसहित आरोपी पक्राउ गरिएको यो पहिलो पटक हो । बरामद भएको वस्तु प्रशोधन नगरिएको युरेनिययम भएको परीक्षणबाट पुष्टि भएको प्रहरीको भनाइ छ । उनीहरुमाथि विष्फोटक पदार्थसम्बन्धी ऐनअनुसार कारबाही हुने प्रहरीले बताएको छ ।

प्रकाशित : २८ फाल्गुन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६