अघाँखाँची २९ फागुन ।अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका कुडुले फाँट, विर्ती फाँट लगायत बाँगी खोलामा रहेका उर्वर फाँटमा पक्की घर निर्माण गर्नेे क्रम बढेसँगै खेतीयोग्य जमिन मासिँदै गएको छ ।जिल्लाको अन्न भण्डार र खेतीयोग्य जमिन मासिन थालेपछि कृषकहरु चिन्तित भएका छन् ।
खेतका फाँटमा पछिल्लो केही समययता पक्की घर निर्माण हुने क्रम बढेसंगै उर्बर फाँट कंक्रिट शहरमा परिणत हुने जोखिम बढ्दै गएपछि कृषकहरुले यसको बिरोध गरेका छन् । रुब्द्दीदेखि कुडुले, विर्तीको उपल्लो फाँट र तल्लोफाँट गरी दुई भागमा बाँडिएको बगरफाँट जिल्लाकै अन्न भण्डारको रुपमा चिनिएको छ ।
विभिन्न स्थानबाट बसाइ सरेर बाँगीफाँटमा घडेरी किनेर घर बनाएर बस्ने क्रम बढेसँगै उर्वर फाँट मासिँदै गएको हो । उता सन्धिखर्क मात्र नभएर जिल्लाबासीले खेतीयोग्य जमिन मासेर घडेरी बनाउन रोक्न नगरपालिका तथा स्थानीय प्रशासन र प्रहरीलाई माग गरेका छन् । तुरुन्त खेतीयोग्य जमिन मासेर घडेरी बनाउन रोक्नुपर्ने उनिहरुको माग छ । तर अहिले सम्म न त पालिकाले सुनेको छ । न स्थानीय प्रशासनले ।
प्रतिक्रिया