खेलकुद

कनकमुनिको सफल पथ : हयाट्रीक मार्फत राष्ट्रपति शिल्ड पच



कपिलवस्तु २९ फागुन। लगातर ३ बर्ष कप उचाल्दै कपिलवस्तु नगरपालिका वडा नम्बर ९ स्थित कनकमुनी उमाबिले राष्ट्रपति रनिङ शिल्ड पच गरेको छ । कपिलवस्तु नगरपालिकाद्धारा आयोजित तेश्रो रनिङ शिल्ड जितेसंगै  सो बिद्यालयले शिल्ड पच गरेको हो । तेश्रो राष्ट्रपति रनिङ शिल्ड जित्दै कनकमुनी उमाबिले नगद १२ हजार नगद र कप प्राप्त गरेको हो । २० स्वर्ण, ५ रजत र १ कास्य पदक जित्दै कनकुमनीले राष्ट्रपति कप जितेको हो ।

यस्तै ३ स्वर्ण, ३ रजत र ३  कास्य पदक जितेको रत्न राज्य माबि द्धितीय हुदै ८ हजार नगद प्राप्त गर्यो । यस्तै १ सवर्ण, ४ रजत र ६ कास्य जित्दै कपिलवस्तु माबि तेश्रो हुदै ४  हजार नगद प्राप्त गरेको छ । बिजयी बिद्यालयल र खेलाडीलाई पुर्व राजदुत दिप कुमार उपाध्याय, कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंह उप मेयर लक्ष्मी गुप्ता, प्रहरी नायब उपरिक्षक धर्मराज भन्डारीले कप , मेडल र प्रमाण पत्र प्रदान गरेका थिए ।

सो अवसरमा पुर्वराजदुत उपाध्ययाले खेलाडीहरुको मनोबल बढाउन राष्ट्रपति रनिङ शिल्डले अवसर दिएको बताए । उनले खेलको विकासकालागि तिनै तहका सरकारले ठोस लगानी गर्नु पर्ने बताए । सो अवसरमा मेयर सिंहले नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । उनले खेल क्षेत्रलाई सरकारले पनि पर्याप्त बजेट बिनियोजन गर्नु पर्ने बताए । मेयर सिंहको अध्यक्षता र समामाजिक विकास अधिकृत पदमराज श्रेष्ठको संचालनमा भएको समापन समारोहमा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे लगायतले मन्तब्य दिएका थिए । 

प्रकाशित : २९ फाल्गुन २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६