खेलकुद

रुपन्देही सुपर लिगको उपाधी वेष्टर्न क्रिकेट क्लबलाई



रुपन्देही २९ फागुन । होराइजन क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै वेष्टर्न पहिलोपल्ट लिग च्याम्पेयन भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको होराइजनले ३० ओभरमा छोट्याइएको खेलमा नौ विकेट गुमाएर मात्र एक सय ६ रन बनायो । ३३ रनमा पहिलो विकेट गुमाएको होराईजनको त्यसपछि कुनै खेलाडीले राम्रो साझेदारी गर्न सकेनन् । उसकालागि विशाल खत्रीले सर्वाधिक २३ रन बनाए । सुमित पराजुलीले १८, अमर मिश्राले १३, शक्ति गौचन र गोविन्द केसीले समान १०/१० रन बनाए । 

 होराइजनलाई सस्तैमा रोक्न वेष्टर्नका हरजित सिंह, देव खनाल र राहुलकुमारले २÷२ विकेट लिए । जवाफी ब्याटिङमा आएको वेष्टर्नले २८ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्यो । नौ रनमा पहिलो विकेट गुमाएको वेष्टर्न सुरुवात्मै दवावमा परेको थियो । दोस्रो विकेटका लागि देव खनाल र उत्तमथापाले ६५ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्याएका थिए । ७८ रनमा चार विकेटको क्षतिमा रहेको वेष्टर्नलाई अजय कौशिल्या र एकेन्द्र कुंवरको जोडीले जित दिलाए । देव खनालले सर्वाधिक ४४, उत्तम थापाले २६, एकेन्द्र कुंवरले २२ र अजय कौशिल्याले २२ रन जोडे ।

 होराइजनका गोविन्द केसीले दुई विकेट लिए । देव खनाल म्यान अफ दी म्याच भए । जितसंगै वेष्टर्नले ट्रफी र ८० हजार रुपैयां प्राप्त ग¥यो । उपविजेता होराइजनले ४० हजार रुपैयां र ट्रफीमा चित्त बुझयो । सुपर लिगको म्यान अफ द सिरिज र उत्कृष्ट ब्याट्स म्यानकाको उपाधी राहुल कुमारे हात पारे । त्यस्तै अजय लोनिया उत्कृष्ट बलर र पुरुषोत्तम भट्टराई उदयीमान खेलाडीबाट पुरस्कृत भए ।

 

प्रकाशित : २९ फाल्गुन २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६