कपिलवस्तु १ चैत। कपिलबस्तुको बाणगंगा नगरपालिका वडा नं.६ लक्ष्मणघाटमा दूध डेरी सञ्चालनमा आएको छ । एक कार्यक्रमका विच वडा नंं ६ का वडा अध्यक्ष सुकदेव चौधरी थारुले डेरीको उद्घाटन गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका वडा अध्यक्ष चौधरीले सहकारीले गरेको कार्यको प्रसंसा गर्दै सरकारले तोकेको दरदेटमा कृषकले उत्पादन गरेको दुध खरिद गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पछिल्लो समय दुधको बजार सुरक्षित रहेको बताउदै कृषकले उत्पादनमा बृद्धि गर्ने तर्फ लाग्नु पर्नेमा उहाले जोड दिनुभयो । साथै उहाले कृषि तथा पशुपालन तर्फ व्यवसायिक रुपमा अगाडी बढाउनको लागि नगरले पनि विभिन्न अनुदान समेत प्रदान गर्दै आईरहेको बताउनुभयो ।यस्तै कार्यक्रममा नगरका कृषि शाखा प्रमुख लेष बहादुर के.सीले बोल्दै पछिल्लो समय दुधको बजारीकरणमा समस्या नरहेको बताउदै कृषकले उत्पादन गरेका दुध खेर नजाने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै कार्यक्रममा ग्लोबल डेरीका प्रा.ली.का एम डी जनक न्यौपानेले बोल्दै राज्यले कृषकहरुले उत्पादन गरेको दुधको व्यवस्थापन र खपत गर्न नसेकोको बताउदै दुधको बजारीकरण तर्फ राज्यको ध्यान जान आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा डेरी संचालन समतीका संयोजक खड्क बहादुर थापाको स्वागत मन्तव्य , सहकारीका अध्यक्ष ठाकुर पोख्रेलको अध्यक्षता, सदस्य हुमनाथ भट्टराईको संचालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । कृषि तथा पशु विकास बहुउदेश्यीय सहकारी संस्थाद्धारा दुध डेरी संचालनमा ल्याइएको हो । घर नजिकै डेरी संचालनमा आएपछि कृषक खुसी भएका छन् । डेरीमा संकलन गरिएको दुघ ग्लोबल डेरी प्राली इमिलीयाले खरिद गर्ने सहकारीले जनाएको छ ।
प्रतिक्रिया