कपिलवस्तु १ चैत । कपिलवस्तुको बाणगंगा ८ मधुवनमा पहिलो पटक सञ्चालित १० दिने बिपश्यना शिबिर सम्पन्न भएको छ । गौतम बुद्धले एक संयक संबुद्ध समयमा एकपटक मात्र हुने महासमयम सुत्रको देशना गरेको ठाउ कपिलवस्तु महावन बिपश्यना केन्द्र धम्मनन्दनमा १० दिवसिय बिपश्यना शिबिर सम्पन्न भएको हो ।
शिबिरमा कपिलवस्तु सहित बिरगंज ,काठमाण्डौ लगाएतका जिल्लाहरुबाट आएका पुरुष १६ र महिला ६ जना गरि २२ जनाको सहभागिता रहेको चतुरभुज पाण्डेले जानकारी गराउनुभएको छ। । बिपश्यना शिबिर पश्यात आफैमा धेरै कुराको परिवर्तन भएको भन्दै शिबिर आफूहरुको लागि अति फलदायी रहेको बताएका छन । यता बिपश्यना आचार्य प्रितमलाल प्रधानले गौतम बुद्धले देशना गरेको यस ठाउँमा देशबिदेशका साधकहरुको आकर्षण बढेको बताउनुभयो ।
प्रतिक्रिया