काठमाडौं १ चैत । नेपाल विद्यार्थी संघ (नेविसं), त्रिवि समितिले प्राध्यापक तथा विद्यार्थी संगठनको नेतृत्वलाई झुटो मुद्दा लगाउन बन्द गर्नुपर्ने लगायतका माग राखेर उपकुलपति कार्यालय अगाडि सुरु गरेको रिले अनसन पाँच हप्तादेखि जारी छ ।गत असारमा प्रधानमन्त्री केपी शर्मा ओली निकट अनेरास्ववियुले ‘आजलाई होइन भोलिलाई, पाँच वर्ष ओलीलाई’ भन्ने नारासहित देशका विभिन्न भागमा प्रदर्शन गर्यो ।यी दृष्टान्तले विद्यार्थी संगठनहरूले स्थापनाको उद्धेश्यअनुरुप काम गरेका छैनन् भन्नेहरूको तर्कलाई बल पुर्याएको छ । हुन पनि नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारीले लाखौं विद्यार्थीको पढाइ अस्तव्यस्त हुँदा ती संगठनहरुले मुख खोलेनन् ।
१ चैत्र २०७७, आइतबार








प्रतिक्रिया