अर्थ-वाणिज्य

भरुवा बन्दुकवाट हत्या गर्ने पक्राऊ



गुल्मी १ चैत    गुल्मीमा  गत माघ ३ गते अबैध हतियार प्रयोग गरेर हत्या गर्ने अभियुक्तलाई प्रहरीले  आइतबार सार्बजनिक गरेको छ । रेसुङगा नगरपालिका वडानम्बर–१४ निवासी ४७ वर्षका तुलबहादुर बिकलाई हत्या गर्ने गुल्मीदरवार गाउँपालिका वडानम्बर–१ का ३१ वर्षका पोमबहादुर घर्तीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले सार्बजनिक गरेको हो । 

अभियुक्त घर्तिले गत माघ ३ गते गुल्मी दरवार गाउँपालिकाको वडानम्बर–१ ओरेवा खोलामा घाँस काट्न गएका बिकलाई भरुवा बन्दुकले हानी हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले बताउनुभयो । हत्या गरि गाउँमै रहेका अभियुक्त घर्तीलाई ५७ दिनपछि प्रहरीले पक्राउ गरेर सार्बजनिक गरेको हो ।  अभियुक्त घर्तीले हत्या गरि बिभिन्न बाहाना बनाउने र घटनालाई अन्यन्त्र मोडन खोजेको प्रहरीले जनाएको छ ।

अभियुक्तले हत्या गरेर पहिले नै भन्न खोजेपनि तर आँट नआएकाले भन्न नसकेको प्रहरीले जनाएको छ ।  हत्या गर्ने अभियुक्तले सिकार खेल्ने क्रममा बन्दुक प्रहार गरेको प्रहरी समक्ष बयान दिएको प्रहरीले जनाएको छ । अभियुक्त घर्तीको बयानकै आधारमा आइतवार बिहान  नै अनकन्टार जंगलमा लुकाई छिपाई राखेको भरुवा बन्दुक पनि फेला परेको छ । 

प्रकाशित : १ चैत्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६