कृष्णनगर २ चैत ।कपिलवस्तुको कृष्णनगर नगरपालिकामा नगर प्रमख रजत प्रताप शाहले दुई तल्ले आठ कोठे भवनको उद्घाटन गर्नु भएको छ । नगरपालिकाको वडा नं। १ं० सौनहवामा रहेको नेत्रज्योति माध्यमिक विद्यालयमा शाहले सो भवनको उद्घाटन गर्नुभएको हो । जिल्ला समन्वय समितिको २१ लाख र नगरपालिकाको १४ लाख रुपियाँको लागतमा भवनको निमार्ण गरिएको प्रधानाध्यापक जय प्रकाश चौधरीले जानकारी दिनुभएको छ ।
भवन निर्माण कार्यमा अपुग रकम ७ लाख रुपियाँ विद्यालय कोषबाट लगानी गरी ४२ लाखको रुपियाँको लगानीमा भवन निर्माण गरी सम्पन्न गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै नगर प्रमुख शाहले जीर्ण अवस्थामा रहेका र अधुरा रहेका भवनहरुलाई आगामी आर्थिक वर्षका नयाँ भवन बनाउने बताउनुभएको छ । अन्य मर्मत सम्भार गर्ने खालका भवनका लागि थप आवश्यक बजेट नगरबाट सहयोग गर्ने आश्वासन दिनुभयो । नगर प्रमुख शाहले नेत्रज्योति माध्यमिक विद्यालय सौनहवालाई नमुना विद्यालय बनाउने बताउनुभयो । नमुना विद्यालय बनाउने मेरो सम्पूर्ण जिम्मेवारी भएको बताउदै आ–आफ्नो ठाउँबाट सक्रियरुपमा सबैलाई सहयोग गर्न अनुरोधसमेत गर्नुभयो ।
उहाँले आफ्नो कार्यकालमा शिक्षाको मापदण्ड अनुसार एक कोठामा जति विद्यार्थी बस्नुपर्ने हो त्यही अनुपातमा व्यवस्थापन गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ । यस्तै विद्यालयका प्रधानाध्यापक जय प्रकाश चौधरीे विद्यालयको प्राङ्गण र विद्यालयको हेरचाह गर्न सुरक्षा गार्डको आवश्यकता परेकोले छिटै व्यवस्था मिलाई दिनका नगर प्रमुख शाह समक्ष अनुरोध गर्नुभएको छ । त्यस्तै वडाध्यक्ष अब्दुल मोविनखानले वडाबाट हुने आवश्यक सबै सेवा सुविधा उपलब्ध गराउने बताउनुभएको छ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद यादवले विद्यालय निमार्ण कार्यमा सक्रिय भूमिका निर्वाह गरेका सम्पूर्ण पदाधिकारीहरुलाई धन्यावाद दिनुभएको छ ।
प्रतिक्रिया