लुम्बिनी

दाङमा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट



दाङमा आगलागी हुँदा ६ वटा घर जलेर नष्टदाङ २ चैत्र ।  दाङमा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएका छन् । लमही नगरपालिका ६ ढिकपुरमा सोमबार विहान करिब १० बजेतिर विद्युतको तार सट भइ आगलागी हुदाँ ६ वटा फुसको छाना भएको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।आगलागीबाट घरमा रहेको टिभी, दराज फर्निचरको सामाग्री, अन्नपात, लत्ताकपडा सबै जलेर नष्ट भएको वडा प्रहरी कार्यालय लमही दाङले जनाएको छ । आगोलाई लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल र वडा प्रहरी कार्यालय लमही, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएकोे थियो।आगलागीबाट ढिकपुर निवासी बलिराम चौधरी, सर्जु चौधरी, बसन्त चौधरी, प्रेम चौधरी, कान्छू चौधरी, रेमशबहादुर बुढाको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट के कती क्षती भएको भन्ने अहिलेसम्म खुल्न सकेको छैन् ।

प्रकाशित : २ चैत्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६