कपिलवस्तु २ चैत्र। तिन वर्ष अघि ठूलो भन्सार नाकाको मानयता पाएको कपिलवस्तुको सुठौली भन्सार नाका स्थापनाका हिसावले विस्तारै पाइला चाल्नु पर्ने अवस्थामा हुनु पर्ने हो तर यो नाकाले घिस्रनु पर्ने उमेरमा दौड्न थालेको उदाहरण कामवाट पेश गरेकोछ । यशोधरा गाउँपालिका ५ सुठौली भन्सार कार्यालयले चालु आर्थिक वर्षको फागुन मसान्त सम्ममा १ अरव ८ करोड बढी राजस्व असुली गरेर यस्तो उदाहरण दिएको हो ।
भारतबाट खाद्यान्न, तरकारी र फलफुल आयातबाट फाल्गुन मसान्त सम्म वार्षीक लक्ष्य भन्दा दोब्वर राजस्व संकलन भएको सुठौली भन्सार कार्यालयका प्रमुख रमेश खड्काले बताउनु भयो । भन्सार विभागले चालु आर्थिक वर्षका लागि ५३ करोड ३४ लाख ३० रुपैया राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । आर्थिक वर्ष सकिन ४ महिना अगाडी दोब्वर राजस्व संकलन भएको छ । यो नाका देश कै सबै भन्दा धेरै खाद्यान्न आयात गर्ने नाका समेत हो । तर यहाँ परीक्षण गर्ने कार्यालय नहुदा आयातकर्ताले समस्या खेप्दै आएको खड्काले बताउनु भयो ।
आयात कर्ताहरुले तरकारी र फलफुल को विषाधी परिक्षणका लागि बुटवल र खाद्य आयात निर्यात प्रमाणीकरण र पशु क्वारेन्टाईन चेक जाँचका लागि कृष्णनगर धाउनु पर्ने बाध्यता रहेको छ । भन्सार कार्यालयमा माल बाहक सवारी पार्किङ यार्ड नहुदा समस्या खेप्दै आएको बिरेन्द्र मिश्राले बताउनु भयो । पार्किङ यार्ड नहुदा मालबाहक सवारी साधन सडकमा लाइन लगाई राख्नु पर्ने बाध्यता रहेको छ । जसका कारण सवारी आवत जावत गर्न असजिलो भएको स्थानीय पुजा गुप्ताले बताउनु भयो ।
यता कार्यालयले तिन वर्ष देखी फैसला नभएका मुद्दाको सुनुवाई सुरु गरेको छ । कार्यालय प्रमुख आए पछि २ महिना भित्र ९३ मुद्धाको फैसला समेत गरिएको छ । कार्यालयमा कर्मचारी अभावका कारण २६३ मुद्धा फैसला हुन बाँकी रहेको मुद्दा शाखाका ना.सु विष्णु प्रसाद चौधरीले बताउनु भयो । तिन वर्ष अगाडी छोटी भन्सारबाट भन्सार कार्यालयमा स्तोरोन्नती भएको थियो । मुद्धाका फैसला नहुँदा कार्यालयमा रहेका ८१ थान मोटरसाइकल, २ थान अटो रिक्सा, आइसर गाडी १ थान, टयाक्टर १ थान, पिकअप ३ थान र जिप १ थान लिलाम हुनबाट बन्चित भएको छ । चैत्र मसान्त भित्र मुद्दा फैसला गरी बरामद भएका सवारी साधन लिलाम गरिने चौधरीले बताउनु भयो ।
अन्य भन्सारमा भिडभाड बढी हुने र आयात गर्न धेरै दिन लाग्ने भएकोले पछिल्लो पटक सुठौली भन्सारमा आयात गर्नेको संख्या वढ्दै भएको छ । दैनिक औषत ८० मालबाहक सवारी साधन नेपाल भित्रिने गरेको छ । परीक्षण रिपोर्ट पाएकै दिन भन्सार प्रकृया पुरा हुने भएकोले आयातकर्ताहरु सुठौली भन्सारबाट आयात गर्न चासो वढेको एक आयातकर्ताले बताउनु भयो ।
प्रतिक्रिया