लुम्बिनी

सात वर्षको अवधिमा ३५४ वटा जनावरले दुर्घटनामा ज्यान गुमाए



नेपालगञ्ज ३ चैत । बाघको संरक्षण गर्ने उदेश्यले स्थापना गरिएको देशकै कान्छो निकुञ्जका रुपमा रहेको बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने राजमार्ग वन्यजन्तु मैत्री नहुँदा गत सात वर्षको अवधिमा ३५४ वटा जनावरले दुर्घटनामा ज्यान गुमाएछ । सात वर्षको अवधिमा बाँके राष्ट्रिय निकुञ्जमा दुर्घटनाका कारण ३५४ वटा वन्यजन्तु मारिएको निकुञ्जका सुचना अधिकारी महेश न्यौपानेले बताउनुभयो । सुचना अधिकारी न्यौपानेका अनुसार आर्थिक वर्ष २०७१\०७२ मा २४, २०७२\०७३ मा ५०, २०७३\०७४ मा ८३, २०७४\०७५ मा ७२, २०७५\०७६ मा ३२, २०७६\०७७ मा ६३ र २०७७\०७८ को हालसम्म ३० वन्यजन्तु सडक दुर्घटनामा मारिएका छन् ।

राजमार्ग वन्यजन्तु मैत्री नहुँदा वन्यजन्तुको मृत्यु हुने क्रम जारी रहेको जनाउँदै न्यौपानेले आहारा तथा पानीको कमीका कारण वन्यजन्तु निकुञ्ज बाहिर आउने गर्दा सडक पार गर्ने क्रममा दुर्घटनामा पर्ने गरेको बताउनुभयो ।निकुञ्जभित्र रहेको सडकमा गुड्ने यातायातका कारण दुर्घटनामा परेर वन्यजन्तुको ज्यान जान थालेपछि यातायातको गति ४० किलोमिटर प्रतिघण्टा निर्धारण गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बताउनुभयो ।

उहाँले सोभन्दा बढी गतिमा गाडी चलाउनेमाथि कारवाही गरिए पनि दुर्घटना नरोकिएकोमा चिन्ता प्रकट गर्नुभयो । जनावरलाई सडक दुर्घटनामा पर्नबाट जोगाउन केही ठाउँमा आकाशे पुल बनाईएको पनि प्रमुख शाहले बताउनुभयो ।दुर्घटनाका साथै निकुञ्जका वन्यजन्तुको तस्करी बढेको छ । बाँके राष्ट्रिय निकुञ्जले हालसम्म वन्यजन्तु सम्बन्धी ७५ वटा मुद्दा दायर गरेको छ । जसमध्ये अदालत पु्गेका मुद्दाको संख्या ३८ र निकुञ्जमै दर्ता रहेको मुद्दा संख्या ३८ छन । हालसम्म दर्ता भएका मध्ये ६३ मुद्दा फस्र्यौट भैसकेका छन् ।

निकुञ्जमा रहेका वन्यजन्तुका कारण आसपासमा रहेका बस्तीमा धानबाली तथा मानवीय क्षति हुने गरेको निकुञ्जले जनाएको छ । आर्थिक वर्ष २०७०\०७१ देखि हालसम्म निकुञ्जले राहतका लागि ५६ लाख ४ हजार ७८ रुपैयाँ वितरण गरेको निकुञ्जका सुचना अधिकारी न्यौपानेले बताउनुभयो ।निकुञ्जमा वन्यजन्तुको आहारा बढाउने, पानीको व्यवस्थापन गर्ने, चोरी शिकारी नियन्त्रणका लागि निगरानी गर्ने, वन्यजन्तुको व्यवहार अध्ययन गर्ने कार्य भैरहेको उहाँले बताउनुभयो ।बाँके राष्ट्रिय निकुञ्जमा पूर्वपश्चिम राजमार्ग ७२ किलोमिटर र रत्नराजमार्ग ३० किलोमिटर क्षेत्र पर्छ । ५५० वर्गमिटर क्षेत्रफलमा फैलिएको सो निकुञ्ज बाँके, सल्यान र दाङसँग जोडिएको छ ।

प्रकाशित : ३ चैत्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६