अर्थ-वाणिज्य

उद्यमी महिलाकालागि स्थानीय लगानी : महासंघद्वारा २ अभियान शुरु



कपिलवस्तु ३ चैत ।व्यवसायीक बन्न चाहने महिलाहरुका लागि नेपाल घरेलु तथा साना उद्योग महासंघ कपिलवस्तुले हस्तकला र कला सम्बन्धी सीपमुलक तालिम शुरु गरेको छ । बाणगंगा नगरपालिकाको सहयोगमा महासंघले वास वेम्बो हेन्डीक्राफ्ट सम्बन्धी हस्तकला र सौन्दर्यकला अन्तर्गत हेयर डे«सिङ एडभान्स तालिमको शुरुवात गरेको हो । तालिमको उद्घाटन गर्दै बाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले सीपलाई सही सदुपयोग गर्न सके सहजै आर्थिक उपार्जन गर्न सकिने बताउनु भएको छ ।


हस्तकलाका सामाग्रीको उत्पादन महिलाहरुले घरमा नै बसेर गर्न सक्ने भन्दै बजारको लागि नगरपालिकाले बिशेष पहल गरिरहेको बताउन भयो ।कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय सदस्य भेषराज पाण्डेले सीप युक्त तालिम प्रदान गरि नगरपालिकामा दक्ष उद्यमी तयार गर्ने कार्यक्रम रहेको भन्दै सिकेका सिपलाई ब्यवहारमा उतार्न आग्रह गर्नुभएको छ । आर्थिक रुपमा महिलाहरु सवल एंव सक्षम भएमा समाजको नेतृत्वदाहि भुमीकामा आउने समेत बताउदै बाणगंगाको पहिचान बनाएर उद्यमी बन्न सुझाब समेत दिनुभयो  । 

यस्तै नेपाल घरेलु तथा साना उद्योग महासंघ कपिलवस्तु शाखाका अध्यक्ष फुलकुमारी श्रेष्ठले कोभिडका कारण कार्यक्रम ढिला शुरु भएको भन्दै कार्यक्रमका लागि नगरपालिकाले बजेट बिनियोजन गरि सहयोग गरेको भन्दै धन्यवाद दिनुभयो । कार्यक्रम महासंघका  सचिब रबिन्द्र पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।  २ वटा तालिममा गरि ३५ जनाको सहभागिता रहेको छ ।

प्रकाशित : ३ चैत्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६