पर्यटन

एउटै वडामा ३ ठूला आयोजना :चालु आवमा ७५ प्रतिशत खर्च



कपिलवस्तु ३ चैत  भौगोलिक रुपले अलि विकट जस्तो देखिने कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ३ कपिलवस्तुले विकासमा फड्को मार्दै गएको छ । संविधान निर्माण पश्चात निर्वाचित स्थानिय सरकारले दृढताका साथ विकासका गतिविधिहरु अगाडी बढाएपछि वडाले विकासमा छलाङ मार्दै गएको जनप्रतिनिधीहरुको भनाई छ । चालु आर्थिक वर्षका योजना कार्यान्वयन स्थिति झण्डै ७५ प्रतिशत पुगिसकेको वडाध्यक्ष विकास आचार्यले बताउनु भएको छ ।

 बुद्धभूमि वडा ३ मा हाल ६ करोड रुपैयाँको भृकुटीनगर खानेपानी, ५ करोड ५९ लाख रुपैयाँको रनगाई खानेपानी आयोजना निर्माणको क्रममा रहेका छन् । त्यस्तै दुविया धनचौरा खानेपानी आयोजना भने हाल सम्पन्न हुने चरणमा रहेको बताइएको छ । यस्ले वडा बासीलाई स्वच्छ पिउने पानीको पहुँच सम्म पु¥याउने प्रक्षेपण गरिएको छ। पानीको पहूँच विस्तारकै लागि बोक्तापुर र टाँकुमा डिप बोर्डिङ गाड्ने काम पनि सञ्चालनको क्रममा रहेको छ । 

यस्तै बुड्डी महुवारी सडकको कालो पत्रेको काम चलिरहेको छ । जस्मा संघिय सरकारको ४ करोड र प्रदेश सरकारको ८५ लाख रुपैयाँ बजेट विनियोजन भएर कार्यान्वयन भैरहेको छ । पिच अन्तर्गत व्ल्याक टपको काम बाहेक अरु सबै काम सिद्धिएको वडाले जनाएको छ । धनचौरा भग्गुचोक बुधइया गोरापुरे टोलको ६ सय मिटर बाटो कालोपत्रेका लागि ६५ लाख रुपैयाँमा टेन्डर भैसकेको छ । पुल निर्माण तर्फ पनि वडाले चालु आर्थिक वर्षमा ठु्लो फड्को मार्दै गरेको बताइएको छ । 

आफ्नै वडा कार्यालय भवन नहुँदा कार्य सम्पादनमा आफूहरुलाई कठिन भएकोमा यहि पौष २८ गतेको कार्यपालिका वैठकले राष्टिय योजना आयोगमा समपूरक विशेष अनुदानका लागि माग गरि पठाइएको आचार्यले जानकारी दिनुभयो ।

प्रकाशित : ३ चैत्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६