अर्थ-वाणिज्य

नेपाल -खनालको भेलामा ओलीलाई निम्ता , राष्ट्रिय भेला भब्य पार्ने उद्घोष



काठमाडौँ ३ चैत  । नेकपा एमालेका प्रचार प्रसार विभाग प्रमुख एवं माधव नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबारको कार्यकर्ता भेलामा प्रमुख अतिथिको रुपमा सहभागी हुन आग्रह गरेका छन् । नेपाल समूहले बुधाबार आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले पार्टी अध्यक्ष समेत रहेका ओलीलाई कार्यक्रममा नजर नलगाई प्रमुख अतिथिका रुपमा सहभागी हुन आग्रह गरेका हुन् ।

मंगलबार बालुवाटारमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले ’भोलिको भेलामा उहाँहरू कति तमासा गर्नुहुन्छ, एक नजर त्यता राखिनेछ’ भन्दै भेलामा सहभागी नहुन नेता, कार्यकर्तालाई आग्रह गरेका थिए ।नेपाल पक्षले चैत ४ र ५ गते आफू पक्षीय कार्यकर्ताहरुको राष्ट्रिय भेलाको आयोजना गर्दैछ । भेलामा दुई हजारभन्दा बढी अगुवा कार्यकर्ताहरुको सहभागिता हुने नेता भट्टराईले जनाएका छन् ।

     उक्त भेलामा कमिटी र मञ्चका सदस्यहरु, गाउँ तथा नगर कमिटीका अध्यक्ष र सचिवहरु, जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिका प्रमुख तथा उपप्रमुखहरु, जनसंगठन तथा पेशागत संगठनका केन्द्रीय सचिवालयका सदस्यहरुका साथै प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारीहरु गरी दुई हजारभन्दा बढी अगुवा कार्यकर्ताहरुको सहभागिता हुने नेपाल पक्षले बताएको छ ।फागुन २८ गते ओली पक्षको एकलौटी निर्णयप्रति असन्तुष्टि जनाउँदै नेपाल र गौतम समूहले मंगलबार ओलीले आयोजना गरेको चियापान कार्यक्रम बहिष्कार गरेका थिए ।

प्रकाशित : ३ चैत्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६