अर्थ-वाणिज्य

स्थानीय सिंहदरवारमा यूवा भेला :अध्यक्ष थापाले मागे समृद्धिका लागिसाथ सहयोग



कपिलवस्तु ४ चैत । कपिलवस्तुको विजयनगर गाउँपालिकामा समृद्धिका लागि युवाहरुको भूमिका र योगदान भन्ने नारा सहित युवा भेला तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले आयोजना गरेको युवाहरुको भेलालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गोपाल थापाले युवाहरुको साथ र सहयोगले नै अध्यक्ष पदमा निर्वाचित हुन सफल भएकोले अब गाउँपालिकाको समग्र विकासमा युवाहरुले साथ र सहयोग दिनु पर्ने बताउनु भयो ।


 मानव सुचांकको हिसाबले प्रदेशकै सबैभन्दा तल रहेको गाउँपालिमा आधारभूत कुराहरुको विकासमा सिंगो गाउँपालिकाले जोड दिइरहेको अध्यक्ष थापाले बताउनु भयो । विकासमा निकै पछाडी परेको गाउँपालिका अहिले विकासको गतिको हिसावले छिमेकी स्थानिय तहहरुसंग बराबरी गर्न सफल भएको बताउनु भयो । विकास निर्माणमा विशेष जोड दिदै युवाहरुलाई रोजगारी,व्यवसायीक बनाउन पनि गाउँपालिकाले हरसंम्भव प्रयास गरिरहेको अध्यक्ष थापाले बताउनु भयो ।

पछाडी परेको स्थानिय तह भएर शिक्षा स्वास्थका क्षेत्रमा पनि धेरै ठूलो फड्को नमारेको भए पनि सुधारात्म काम हुदै गएकोले शिक्षा सुधारमा युवाहरुले पनि चासो दिनु पर्ने उहाँले बताउनु भयो । निर्वाचित भएको ३ बर्ष वित्दै गर्दा गाउँपालिकामा सडक ,स्वास्थ्य, शिक्षा ,भौतिकपूर्वाधार ,कृषि, खानेपानि ,सिचाइ लगायतका क्षेत्रमा गाउँपालिकाले फड्को मार्दै गरेको अवस्थामा युवाहरुले पनि काधमा काध मिलाएर साथ दिनु पर्ने अध्यक्ष थापाले बताउनु भयो ।

गाउँपालिकामा दाइजो प्रथा र अन्य विभिन्न कुप्रथाका विरुद्ध जनचेतना मूलक कार्यक्रमहरु गाउँपालिकाले राखेकोले सोहि कार्यक्रमहरुमा सहभागिता भएर समाज परिर्वतनमा युवाहरुले उल्लेख्य भूमिका खेल्नु पर्ने गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले बताउनु भयो । दाइजो प्रथा हटाउन आफ्नै घरबाट दाइजोको विरोध गर्नु पर्ने ,छोरी बहिनीलाई नियमित विद्यालय पठाउनु पर्ने चौधरीले बताउनु भयो ।

कार्यक्रममा गाउँपालिकाले प्रमुख प्रशासकिय अधिकृत गोविन्द भट्टराईले युवाहरुको जिज्ञासालाई समेट्दै कर्मचारी प्रति युवाहरुले गरेका गुनासोहरुलाई हटाउन आफुले प्रयास गर्ने बताउनु भयो । गाउँपालिकालाई सुशासन पारदर्शि बनाउन आफुले कुनै कसर नराख्ने बताउनदै भट्टराईले कर्मचारी नियम कानुन अनुसार चल्ने हुदाँ प्रक्रियागत रुपमा काम गर्दा कहिलेकाहि ढिलो हुने पनि स्पष्ट पार्नु भयो ।

    कार्यक्रममा युवाहरुले सधै जनप्रतिनिधीको विरोध मात्रै गर्न नहुने भन्दै विकास निर्माणमा पनि सहभागिता जनाउनु पर्नेमा वडा नं। ७ का वडा अध्यक्ष दिनेश चौधरीले जोड दिनुभयो । कार्यक्रममा गाउँपालिकाका युवाहरुले गाउँपालिका विभिन्न समस्याहरु उठाउन गर्दै त्यी समाधानका लागी गाउँपालिकाका जनप्रतिनिधीले पहल गर्नु पर्ने सुझाव दिएका थिए । कार्यक्रमको सहजीकरण गाउँपालिका शिक्षा शाखा प्रमुख हरिहर बेल्वासेले गर्नु भएको थियो ।

प्रकाशित : ४ चैत्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६