प्रदेश

प्रतिबन्धित लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ



काठमाडौँ ४ चैत्र । नेपाल प्रहरीले प्रतिबन्धित लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले बाराबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ७१३२ नम्बरको यात्रुबाहक बस जाँचका क्रममा लागुऔषधसहित दुई भारतीय नागरिकलाई बुधबार बिहान पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारत बिहार मोतिहारी मौहावाका १९ वर्षीय पप्पुकुमार यादव र भारत बिहार मोतिहारी बेलाजितपुरका २६ वर्षीय सुवासकुमार यादव रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले झोलामा लुकाएर ल्याएको एक हजार ४९० एम्पुल लागुऔषधसहित दुईलाई पक्राउ गरिएको जानकारी दिए ।प्रहरीले पक्राउ परेका सुवासकुमार यादवसँग २९५ एम्पुल डाइजेपाम, ३०० एम्पुल फेनारगन, २९५ एम्पुल नुर्फिन तथा पप्पु यादवसँग २०० एम्पुल डाइजेपाम, २०० एम्पुल फेनारगन र २०० एम्पुल नुर्फिन बरामद गरेको छ । पक्राउ परेका दुवैलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ४ चैत्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६