पर्यटन

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकहरुलाई जङ्गलमा हिँडडुल गर्न रोक



काठमाण्डौ ४ चैत्र । बाघले आक्रमण गर्ने डर बढेसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकहरुलाई जङ्गलमा हिँडडुल गर्न रोक लगाइएको छ ।केही महिनादेखि पाटे बाघको आक्रमण बढेको भन्दै निकुञ्जले विज्ञप्ति निकालेर निकुञ्जमा सञ्चालन भैरहेका पर्यटकीय गतिविधिहरुमध्ये ‘जङ्गल वाक’ गर्न बन्द गरिएको जानकारी गराएको हो । यस्तै पर्यटकीय गतिविधिअन्तर्गत जङ्गल ड्राइभ गर्नेहरुले विशेष सावधानी अपनाउनसमेत आग्रह गरिएको छ । हिजो एक जना महिलाको ज्यान गएसँगै बर्दिया राष्ट्रिय निकुञ्ज आसपास क्षेत्रमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या १० पुगिसकेको छ ।

प्रकाशित : ४ चैत्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६