काठमाडौं ४ चैत्र । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमा व्यक्तिवादी, स्वच्छन्दतावादी प्रवृत्ति बढ्दै गएको बताएको छ । बुधबार ललितपुरको सानेपामा भएको राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत प्रतिवेदनमा भनिएको छ, ‘वस्तुतः नाकाबन्दीको सामना गरेको सरकारको प्रधानमन्त्रीका रुपमा कमरेड के पी ओलीको लोकप्रियता बढेपछि उहाँमा व्यक्तिवादी, स्वच्छन्दतावादी प्रवृत्ति चुलिँदै गएका थिए ।
प्रतिक्रिया