ब्रेकिंग न्युज

कपिलवस्तु र रुपन्देहीका अपाङ्गता भएका ६ सय बढीलाई रोजगार बनाइँदै ।



कपिलवस्तु 
रोजगार विहीन अपाङ्गता भएका युवाहरूलाई रोजगार तथा स्वरोजगारको अवसरको लागि कपिलवस्तुका स्थानीय सरकार र उद्योग व्यवसायी सँग सहकार्य हुने भएको छ । रोजगार विहीन अपाङ्गता भएका व्यक्तिहरूका लागि ऊर्जाशील अवसर परियोजना (फाउण्ड) ले कपिलवस्तु र रुपन्देही जिल्लामा ६ सय बढी अपाङ्गता भएकालाई रोजगारका लागि अवसर जुटाउन लागेको बताइएको छ । कपिलवस्तुको गोरुसिङ्गेमा आयोजित एक कार्यक्रममा बोल्दै परियोजनाका कलस्टर म्यानेजर राम दयाल ठाकुरले ४ वर्ष भित्र दुई जिल्लाका सबै स्थानीय तहमा रोजगार विहीन अपाङ्गता भएकालाई स्वरोजगार वा रोजगारी दिने बताउनु भयो । 
कार्यक्रममा बोल्दै बुद्धभुमी नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले नगरपालिका भित्र रहेका अपाङ्गता भएका लाई स्वरोजगार बनाउन परियोजना सँग सहकार्य हुने बताउनु भयो । नगरपालिकाले उनीहरूलाई सिप युक्त तालिमको व्यवस्था गरेको छ । अव तालिम पाएकालाई व्यवसाय तिर उन्मुख गराउनेमा जोड दिनु भयो । परियोजनाले राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल र उद्योग वाणिज्य सङ्घ सँग सहकार्य गरी कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसै वर्ष देखी सञ्चालनमा आएको परियोजनाले २ सय ४८ जनाको प्रोफाइल तयार गरेको र ती मध्ये ३३ जनालाई स्वरोजगार र १७ जनालाई रोजगारी दिलाउन सफल भएको छ । १८ देखी ४५ वर्ष उमेर समूहका लागि किराना पसल, साना उद्योग खोल्न आर्थिक सहयोग गर्ने सिप सिकाउने र रोजगारका लागि रोजगार दातासँग समन्वय गर्दै आएको छ ।

परियोजना कै सहयोगबाट बुद्धभुमी १ चंघाटका दृष्टि विहीन प्रवीण चौधरीले अगरबत्ती बनाउने, फिनेल र शौचालय सफा गर्ने रसायन बनाउने सानो उद्योग सञ्चालन गर्दै आउनु भएको छ । उहाँलाई परियोजनाको तर्फ बाट ५० हजार सहयोग भएको थियो । घरका ४ जना सदस्य दृष्टि विहीन रहेको र संयुक्त रूपमा उद्योग सञ्चालन गरे पनि बिक्री वितरण गर्न भने गा¥हो भएको चौधरीले बताउनु भयो । उद्योग दर्ता नभएका कारण उत्पादित सामाग्री सरकारी कार्यालयमा पुराए पनि विल नहुँदा अझै पनि भुक्तानी नभएको चौधरीले गुनासो गर्नु भयो ।

प्रकाशित : ४ चैत्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६