अर्थ-वाणिज्य

यूवतीको करणी प्रयास र वस्तीमा हमला :प्रहरी पीडकको संरक्षक बनेपछि ११ दलित परिवार विस्थापित



कपिलवस्तु ५ चैत ।कपिलवस्तुको मायादेवि ३ बिचौवापुरका ११ घर दलित परिवार गाउ छाडेर विस्थापित भएका छन् ।स्थानीय एक यूवतीको अपहरण र सामुहिक वलात्कार प्रयासको विरोध गरेका दलितमाथि  फागुन २३ गते राती ९ वजे छिमेकी गाउवाट आएका समुहले अन्धाधुन्द कुटपीट र हमला गरेपछि दलितहरु ज्यान जोगाउन भन्दै भागेका हुन् ।गाउवाट भागेका उनीहरु अहिले सम्म फर्कन सकेका छैनन् ।  

चमार थरकी १८ बर्षिय यूवतीमाथि अपहरण र सामुहिक करणी प्रयास भएको विवरण सहित विचौवापुरका गोले यादव, विनोद यादव र कल्लु यादवमाथि पीडित युवतीका आफन्तले किटानी जाहेरी दिएपनि कपिलवस्तु प्रहरीले मुद्धा दर्ता गरेर अभियुक्तको खोजी नगर्दा दलितहरु गाउछाडेर भागेका हुन् । पूर्व सांसद एवम समाजिक अभियन्ता शान्तिदेवि चमारले प्रहरीले उल्टै दलितहरुलाई फसाउने गरी पीडक यादवका तर्फ कुटपीट तथा अंगभंङ मुद्धा दार्ता गर्न खोजेर प्रहरीले दलितमाथि सिधै विभेद गरेको वताउनु भयो ।

घटना अनुसार फागुन २३ गते साझ ७ वजे स्थानीय चमार थरुकी १८ वर्षिय यूवतीलाई विचौवापुर गाउवाट अपहरण गरेर २ वटा वाइकमा आएका  ३ जनाले लैजान खोजेका थिए । यूवतीले प्रतिवाद गरेपछि मुख थुनेर एक गल्लीमा लगेर सामुहिक वलात्कार प्रयास गरेका थिए । तर यूवती रोइकराई गरेपछि स्थानीयहरुले घटनास्थलवाट उद्धार गरेका थिए ।यो घटना भएको केहि समयमै सोही स्थानमा पुगेको प्रहरीले अनुसन्धान गर्ने भन्दै फर्किएको थियो ।

तर सोहीदिन राती ९ वजे पीडक यादवको समर्थनमा आएको समुहले दलित बस्तीमा अन्धाधुन्द आक्रमण गरेको थियो । सो घटनामा ज्यान जोगाएर भाग्दा भाग्दै कतिपय दलित पुरुषहरु घाइते भएका छन् भने रातको समयमा गरिएको आक्रमणमा परेर पिटन आएकाहरु वाट उनीहरु आफैपनि पिटीन पुगेका थिए ।  

आफूहरु २३ गतेपछि गाउजान नसकेको र कतिपय आफन्तको घरमा त कतिपय भारतीय सिमाक्षेत्र पारि गएर वसेको भन्दै स्थानीय गंगा चमारले भन्नु भयो हाम्रै चेलीवेटीमाथि हातपात हुने हामी नै गाउवाट विस्थापित हुने न्याय नपाउने यो कस्तो ब्यवस्था हो । यता कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले केटीमाथि करणी प्रयास नै नभएको जिकिर गर्नु भयो । दलितहरु किन विस्थापित भए त ? भन्ने प्रश्नमा दलितहरुले नाटक गरेको भन्ने प्रतिकृया दिनु भयो ।यसरी सिंगो गाउनै विस्थापित हुने घटनालाई यति हल्का विष्लेषण गर्न मिल्छर ? भन्ने प्रश्नमा दलितको पक्षका केहिपनि गर्न सकिन्न किनकी यादवहरु वढी पिटीएका छन् भन्ने भण्डारीको भनाइछ । 

प्रकाशित : ५ चैत्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६