काठमाडौं ५ चैत्र। नेकपा एमाले माधव नेपाल समूहको राष्ट्रय भेला आज सकिँदैछ । बुधबारदेखि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको भेला महत्वपूर्ण निर्णय गर्दै सकिने नेताहरुले बताएका छन् ।बुधबार उद्घाटन सर्तमै नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले नेकपा हुँदै एमालेलाई पनि विभाजन र बिसर्जन गर्न लागेको आरोप लगाएका थिए ।पुराना कम्युनिस्ट नेताहरुको समेत उपस्थिति रहेको भेलाको पहिलो दिन नेताहरुले एमालेको इतिहार, संगठन र विचारमा दाबीसमेत गरेका छन् । माधव नेपाल समूहको भेलालाई ओली समूहले समेत गम्भीरताका साथ हेरेको बताएको छ । प्रधानमन्त्री एवम्अध्यक्ष ओलीले पार्टी विधान संसोधन गरी आफूइतरका नेताको जिम्मेवारी खोसेपछि माधव नेपाल समूहले राष्ट्रिय भेला बोलाएको हो ।भेलामा सहभागी भएका देशभरका नेता-कार्यकर्ताको सुझाव र भावनाअनुसार निर्णय हुने नेताहरुको भनाइ छ ।
५ चैत्र २०७७, बिहिबार








प्रतिक्रिया