काठमाण्डौ ५ चैत्र । नेपाल-भारत जोड्ने १३ वटा रुट सञ्चालनका लागि कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी ) ले मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सीसीएमसीको बैठकले नेपाल र भारतबीचको यातायात सञ्चालन गर्नको निम्ति मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो ।नेपाल-भारत जोड्ने १३ वटा रुटबाट पूर्ववत् रुपमा यातायात सञ्चालनका निम्ति मन्त्रिपरिषद्लाई सिफारिस गरिएको सीसीएमसीका सचिव खगराज बरालले बताउनुभयो ।
यात्रुहरुले पूर्णरुपमा स्वास्थ्य मापदण्ड प्रयोग गर्नुपर्ने तथा ७२ घण्टा अगाडिको पीसीआर रिपोर्ट नेगेटिभ आएका हुनुपर्ने उहाँको भनाइ छ । त्यसैगरी बैठकले नेपाल-भारत सिमानामा नेपालतर्फ भन्सार तिरेर सञ्चालन हुने भारतीय नम्बर प्लेटका गाडी चलाउन दिने सिफारिस गरेको छ । गएको चैत्र ११ गतेदेखि नेपालका कोभिड-१९ सङ्क्रमणका कारण लकडाउन गरिएपछि नेपाल-भारत यातायात अहिलेसम्म ठप्प रहेको छ ।गाडी ठप्प भए पनि सिमानाबाट हजारौँको संख्यामा दैनिक रुपमा आवतजावत भइरहेको सन्दर्भमा गाडी चलाउनका लागि पहल गरिएको सीसीएमसीका सचिव खगराज बरालले बताउनुभयो ।








प्रतिक्रिया