अर्थ-वाणिज्य

प्रदेश सरकार यातायात ब्यावसायीको असल अभिभावक : मन्त्री चौधरी



बुटवल ५ चैत्र  लुम्विनी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पुर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले प्रदेश सरकार यातायात ब्यावसायीको शासक होइन असल अभिभावक हो भन्ने स्पष्ट पार्नु भएको छ । उहाले यातायात क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि सरकारले ब्यवसायीहरुको साथ र सहयोगको अपेक्षा गरेको बताए ।लुम्विनी प्रदेश सरकार तपाईहरुको अभिभावक हो तपाईहरुका समस्याहरुबारे सरकार जानकार छ ,ति समस्या समाधानका लागि तपाईहरुको साथ समर्थन र सहयोग चाहिन्छ पश्चिम नेपाल बस ब्यवसायी प्रालिको सपथ ग्रहण तथा पदस्थापन कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने ।

ट्रक ब्यवसायीहरुमा पनि भारतीय ट्रकहरुको ओभरलोडको समस्या थियो उनिहरुको सहयोगले त्यो समस्या समाधान भयो सार्वजनिक यात्रुवाहक सवारीका समस्या समाधानमा पनि तपाईहरुको सहयोग आवश्यक छ उनले थपे ।मन्त्री चौधरीले सार्वजनिक यातायातको क्षेत्रमा काम गर्ने मजदुरहरुको ब्यवहार सुधार आवश्यक रहेको बताउदै ब्यवसायीहरुले नै यातायात क्षेत्र सुरक्षित र आरामदायि छ भन्ने बिश्वास दिलाउन सक्नु पर्ने बताए ।

यातायात क्षेत्रमा काम गर्ने चालक सहचालकहरुको यात्रुप्रति गरिने ब्यवहार र आचरणमा सुधार आवश्यक छ त्यसले यात्रुलाई सेवा प्रवाहको अवस्था कस्तो छ भन्ने सकेत गर्छ सुधार गर्नु पर्ने ति बिषयहरुमा सरकारको मुख ताक्नु पर्दैन उनले भने ।कार्यक्रममा प्रालिका अध्यक्ष दधिराम खरेलले सरकारले ब्यवसायीहरुलाई संकटको बेलामा समेत सहि ढंगले अभिभावकत्व दिन नसकेको गुनासो गरे । उनले सरकारले सिण्डीकेटको गलत अर्थ लगाएर ब्यवसायीहरु माथी अन्याय र बिभेदपुर्ण ब्यवहार गरेको बताए ।खरेलले आफु जहिले पनि यातायात ब्यवसायीहरुको हितको पक्षमा रहेको बताउदै आगामी दिनमा सबैलाई समेटेर प्रालिलाई अगाडी बढाउने बताए ।

प्रालिका प्रमुख निर्वाचन अधिकृत मदन प्रसाद कटेलको अध्यक्षता तथा दिनेश पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल यातायात ब्यवसायी राष्टिय महासंघका पुर्व अध्यक्ष तथा तत्कालिन पश्चिम नेपाल बस ब्यवसायी संघका अध्यक्ष चोप नारायण श्रेष्ठ, लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

प्रकाशित : ५ चैत्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६