प्रदेश

प्रतिनिधि सभाको बैठक आउँदो १० गतेसम्मका लागि स्थगित



काठमाण्डौ ६ चैत्र ।  प्रतिनिधि सभाको बैठक आउँदो १० गतेसम्मका लागि स्थगित भएको छ । बैठक १० गते मङ्गलबार दिउँसो १ बजे बस्नेछ ।शुक्रवारको बैठकमा लोक सेवा आयोग र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस भएका छन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले लोक सेवा आयोगको ६१ औँ तथा मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।यसअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको विभिन्न मितिमा सम्पन्न भएका बैठकमा सांसद अनुपस्थित भएको सूचनालाई बैठकले स्वीकृत गरेको थियो । त्यस्तै शुक्रवारको बैठकमा विभिन्न दलका नेताले सम्बोधन गरेका छन् । फागुन २३ यता प्रतिनिधि सभाका तीन वटा बैठक बसे पनि कुनै पनि सांसदले सम्बोधन गर्न पाएका थिएनन् । 

प्रकाशित : ६ चैत्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६