प्रदेश

भारतको कोठीमा लैजान लागिएका २ किशोरीको कृष्णनगरवाट उद्धार



कृष्णनगर ८ चैत । भारत लैजाने क्रममा दुई किशोरीको उद्धार गरिएको छ । कपिलवस्तुको कृष्णनगर सीमा क्षेत्र वाट आफन्त नेपाल र नेपाल प्रहरीको टोलीले उनीहरुलाई उद्धार गरेको हो । कपिलवस्तु र दाङ निवासी क्रमशः १७/१८  वर्षका ती किशोरीहरुलाई भारत लैजान खोज्दा सोधपुछ गरिएको थियो । उनीहरुले मासु लिन जान लागेको बाहाना बनाई सीमा क्षेत्र पार गर्न खोजेको आफन्त नेपालका परामर्श कर्ता वर्षा मगरले बताउनुभयो । 

कपिलवस्तुको बिजयनगर गाउँपालिका ५ डालपुर बस्ने रेनु सुनारले ती किशोरीहरुलाई भारतको ब्याङ्लोरमा डान्स गराउने उद्देश्यले लैजान लागेको खुल्न आएको छ । सुरुमा भारतीय  बजारमा मासु लिन जान लागेको भने पछि उनीहरुलाई संकाको घेरामा राखिएको थियोे ।  बारम्बार भारतीय नम्बर बाट कल आएपछि अझ बढी शङ्कास्पद देखिँदै गएकोले अनुसन्धान सुरु गरिएको परामर्शकर्ता मगरले बताउनुभयो ।

किशोरीहरुलाई सोधपुछ र अनुसन्धान पश्चात् डान्स बारका लागि दिनको २ हजार भारतीय रकम दिने प्रलोभनमा पारी लान खोजेको देखिएको आफन्त नेपालका क्षेत्रीय संयोजक केशर विश्वकर्माले बताउनुभयो । सुनारलाई भारतीय नागरिकले बारम्बर फोन सम्पर्क गरी गोरखपुर सम्म लिन आएको पाइएको विश्वकर्माले बताउनुभयो । उद्धार गरिएका ती किशोरीलाई विहिवार आफन्त नेपालको सुरक्षित आवास गृहमा राखिएको उहाँले बताउनुभयो ।

महिलालाई मानव बेचबिखन तथा ओसारपसार ऐन अन्तरगत  मुद्धा दर्ता गरी जिल्ला अदालत कपिलवस्तुवाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय कृष्णनगरका प्रहरी निरीक्षक सुकदेब पौडेलले बताउनुभयो ।

प्रकाशित : ८ चैत्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६