अर्थ-वाणिज्य

प्रदेश कै नम्वर एक भएपछि १५ स्वास्थ्यकर्मीलाई सम्मान



अर्घाखाँची ८ चैत ।जिल्ला अस्पताल सन्धिखर्कमा कार्यरत १५ जना स्वास्थ्यकर्मी सम्मानित भएका छन् ।अर्घाखाँची जिल्ला अस्पताल लुम्बिनी प्रदेशमै प्रथम र देशभरबाट तेस्रो स्थान हात पार्न स्वास्थ्यकर्मीको ठूलो भुमिका रहेको भन्दै चिकित्सक सहित १५ जना स्वास्थ्यकर्मी सम्मानित भएका हुन् । प्रादेशिक अस्पतालहरूमा न्युनतम सेवा मापदण्ड (एम.एस.एस) मुल्यांकन तथा समीक्षाका आधारमा अर्घाखाँची जिल्ला अस्पताल ७५ प्रतिशत अंकसहित लुम्बिनी प्रदेशमै प्रथम स्थान र देशमै तेस्रो स्थान हात पार्न सफल भएको हो ।

कुल ९ सय ३९ पुर्णाकं रहेको मुल्यांकनमा विभिन्न विषयमा गरी ७५ प्रतिशत अंकसहित जिल्ला अस्पताल प्रथम भएको हो। यस्तै देशभरका ३२ वटा अस्पतालहरूमध्ये तेस्रो नम्बरमा परेको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए।  उनले सबैको साथ र सहयोगबाट उत्कृष्ट अस्पताल भएको भन्दै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा व्यक्त गरे। जिल्ला अस्पतालमा आयोजित प्रादेशिक अस्पतालहरूमा न्युनतम सेवा मापदण्ड (एमएसएस) मुल्यांकन तथा समीक्षा कार्यक्रममा मुल्यांकनको नतिजा सार्वजनिक गर्दै यस्तो जानकारी गराइएको हो।

अस्पतालमा २४ घण्टे ल्याब र एक्सरे सेवा सुरु भएको छ। अस्पताल स्थापना भएको ३१ वर्षपछि चौबिसै घण्टा ल्याब र एक्सरे सेवा सुरु भएको छ । जिल्लावासीको मागलाई सम्बोधन गर्दै सर्वसाधारणले जिल्ला अस्पतालमै स्वास्थ्य सेवा पाउन सकुन् भन्ने उद्देश्यले चौबिसै घन्टे ल्याब, एक्सरे सेवा, फिजियोथेरापी, दन्त सेवा , लगायतका सेवाहरु शुरु गरिएको  अस्पतालले जनाएको छ ।

यससँगै बिरामीहरुलाई रातीको समयमा महंगो शुल्क तिरेर बाहिरी निजी मेडिकल धाउनुपर्ने बाध्यता हटेको छ।  ब्लड बैंकको अभावले सामान्य अप्रेशन समेत नहुने जिल्ला अस्पताल अर्घाखाँचीमा गर्भवती महिलाहरुको सफल अप्रेशन भएको छ। अप्रेशन गर्न शुरु भएपछि अर्घाखाँची सहित गुल्मी र प्युठान जिल्लाका स्थानीय प्रत्येक्ष लाभान्वित भएपछि उनिहरू खुशी भएका छन्।

प्रकाशित : ८ चैत्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६