प्रदेश

पूर्वमन्त्री जोशीको परिवारले सरकारले उपचारका लागि दिने सहयोग अस्विकार



काठमाण्डौ ८ चैत्र । मष्तिस्कघात भएर नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीको परिवारले सरकारले उपचारका लागि दिने भनेको सहयोग नलिने भएको छ । सरकारले जोशीको उपचारका लागि दिने भनेको १० लाख रुपैयाँ सहयोग नलिने घोषणा गरेको जोशीका सहयोगी पुष्कर पाण्डेले जानकारी दिनुभयो । सरकारले गएको बिहीवार जोशीको उपचारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।

तर जोशीको परिवारले सहयोग रकम विपन्न वर्गको स्वास्थ्य उपचारमा खर्च गर्न आग्रह गरेको छ । विपन्न वर्गले उपचार अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य होस् भन्ने परिवारको चाहना रहेको पनि पाण्डेले जानकारी दिनुभयो । जोशीले पिता गजेन्द्रराज जोशीको नाममा वीर अस्पतालमा १० लाख रुपैयाँको अक्षयकोष समेत स्थापना गर्नुभएको छ । गएको फागुन १४ गते मष्तिस्कघात भइ थापाथलीमा रहेको नर्भिक अस्पतालमा भर्ना गरिएका नेता जोशीको भेन्टिलेटरमा उपचार भइरहेको छ ।जोशीको अवस्था गम्भीर रहेको उपचारमा संलग्न वरिष्ठ न्युरो सर्जन डाक्टर राजीव झाले बताउनुभएको छ । 

प्रकाशित : ८ चैत्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६