अर्थ-वाणिज्य

पौने २ करोडको लागतमा पचासे आयोजना शुरु



अर्घाखाँची ८ चैत ।लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वाड नम्वर १ बृति चिफ्लेको सुक्मि पचासे सिचाई योजनाको एक समारोहबीच सिलन्यास गर्नुभएको हो । २६ हेक्टर जग्गामा सिंचाइ पुग्ने योजना सम्पन्न गर्नका लागि प्रदेश सरकारबाट १ करोड ८३ लाख २६ हजार रकम विनियोजन गरिएको जनाईएको छ ।

 सिचाई योजना असार मसान्तसम्म सम्पन्न गरि सम्झौता भएको छ । कार्यक्रममा बोल्दै घिमिरेले बृतिमै सञ्चालनमा रहेको स्मार्ट कृषिलाई टेवा पुयाउने उदेश्यले सिचाई योजना ल्याईएको बताउदै सन्धिखर्कलाई तरकारी समेत आत्म निर्भर बनाउने गरि अगाडि बढिएको बताउनुभयो ।  उपभोक्ता समितिका अध्यक्ष प्रेम भुसालले सिचाई योजनाले आफुहरूलाई ठुलो टेवा दिने बताउनुभयो ।

यस्तै अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका औद्योगिक ग्रामीण पूर्वाधार विकासका लागि स्वीकृत भएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय सिंहदरबार काठमाडौंले सन्धिखर्क नगरपालिका औद्योगिक ग्रामीण पूर्वाधार विकासका लागि स्वीकृत गरेको हो ।  योसँगै सन्धिखर्क नगरपालिकाले पूर्वाधार बाहेक अध्ययन अनुसन्धान र प्रशासनिक विविध खर्च गर्न नपाउने गरी ९२ लाख पाउने भएको छ ।

प्रकाशित : ८ चैत्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६