पाल्पा ८ चैत ।राष्ट्रिय वन अतिक्रमण गरी तिनाउ गाउँपालिका–१ कचल सानीउदाङमा बनाइएको टहरामा शनिबार आगो लगाइएको छ । अतिक्रमण गरेर रुपन्देही, रुद्रपुर हरैयाका कृष्णप्रसाद उपाध्यायले वन क्षेत्रभित्र जग्गा सम्माएर टहरा बनाएका थिए ।वडाध्यक्ष, स्थानीय सामुदायिक वनका प्रतिनिधिको रोहवरमा मुचुल्का गरेर टहरामा आगो लगाइएको तिनाउ सव–डिभिजन कार्यालयका प्रमुख रामध्यान शाहले बताए ।
स्थानीय बासिन्दाले पटकपटक वनको जग्ग अतिक्रमण गरेर नबस्न भनेपनि उपाध्यायले अटेरी गरेका थिए । उनले उक्त क्षेत्रमा आफ्नो जग्गा रहेको भन्दै तिनाउ सव–डिभिजनमा लालपूर्जा देखाएपनि दाबी गरेको जग्गा भने जीपीएस नापी गर्दा १ सय १० मिटरभन्दा टाढा रहेको देखिएको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी यमलाल पोखरेलका अनुसार अतिक्रमणकारी उपाध्याय फरार छन् ।
उनको खोजी भइरहेको छ । टहरामा राखिएका सबै सामान मुचुल्का गरेर राखिएको प्रहरीले जनाएको छ । घर हरैया भएपनि उपाध्याय उक्त टहरमा कहिलेकाँही आएर बस्ने गरेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया