कपिलवस्तु ९ चैत । कपिललवस्तु नगरपालिका वडा नम्बर २ स्थित बर्गदवामा पिछडा बर्गका किसानकालागि बेमौसमी तरकारी खेती खेती तालिम संपन्न गरिएको छ । कपिलवस्तु नगरपालिकाको सहयोगमा आशा जिवनको आयोजनामा तालिक गरिएको हो । सो अवसरमा ६० जना सहभागीलाई बिभिन्न ५ प्रकारका तरकारीको बीउ वडा नम्बर २ का अध्यक्ष रामभजन कलवारले हस्तान्तरण गरेका थिए ।
सो अवसरमा वडा अध्यक्ष कलवारले कृषि खेतीलाई बढावा दिनु पर्ने बताए । तरकारी खेतीलाई ब्यवसायिकरुपमा अघिबढाउनु पर्ने उनले बताए । कृषि क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेको उनले बताए । तालिममा प्रशिक्षक चन्द्रमणि यादवले बेसौसमी तरकारी खेतीका बारे जानकारी गराएका थिए । तालिम पछि भिन्डी, बोडी लौका, करेला लगायतका तरकारीको मिनी किट उपलब्ध गराइएको थियो । तालिम आशा जिवनका अध्यक्ष अशोक लम्सालको अध्यक्षता र हरि अर्यालको संचालनमा भएको थियो ।
प्रतिक्रिया