अर्थ-वाणिज्य

आत्मनिर्भर हुन गरीने उत्पादनमा स्थानीय सरकाको सहयोग : मेयर थारु



 कपिलवस्तु ९ चैत । आइपिएम प्रविधिबाट बजारको माग अनुसार तरकारीहरु उत्पादन गर्नु पर्ने वाणगंगा नगरका नगर प्रमुख मंगल प्रसाद थारुले बताउनुभएको छ । बाणगंगामा तरकारीको अन्य स्थानवाट आयात हुने गरेकाले आत्मनिर्भर हुने गरी गरिने उत्पादनमा स्थानीय सरकारले सघाउन तयार रहेको वताउनु भयो । हरिहरपृुर आइ पि एम कृषक पाठशाला कार्यक्रम वाणगंगा ४ हरिहरपुरद्धारा आयोजित  कृषक दिवस समापन समारोहलाई सम्बोधन गर्दै मेयर थारुले वाणगंगा ११ हथौसामा कृषि उपज संकलन केन्द्र बन्दै गरेको कारण उत्पादिन तरकारी तथा फलफुलको बजारीकरणमा समस्या नहुने समेत दावी गर्नु भयो । 

     कार्यक्रमलाई सम्बोधन गर्दै उप मेयर चक्रपाणी अर्यालले वाणगंगा नगरपालिकाले कृषि क्षेत्रमा विशेष प्राथमिकता दिंएकोले नगर भित्र ३ वटा आइ पि एम पाठशाला सञ्चालन भएको बताउनुभयो । यस्तै वडा नम्बर ४ का वडाध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथी गणेश बहादुर क्षेत्रीले अब सिंचाईमा विशेष ध्यान दिनु आवश्यक रहेको बताउनुभयो । कृषि विकास शाखा प्रमुख तथा कार्याक्रमका विशिष्ट अतिथी लेस बहादुर केसिले आज सिकेका कुराहरुलाई व्यवहारमा उतार्दै आइपिएम प्रविधिबाट उत्पादिन तरकारीलाई बजारमा सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउनु पर्ने धारणा राख्नुभयो । 

कार्तिक २० देखि माघ २७ सम्म चलेको दिवस कार्यक्रममा बालीमा कसरी रोग किराको नियन्त्रण गर्न सकिन्छ, रासायिनिक विषदीलाई निरुत्साहित गर्ने जैविक विषदी प्रयोग गर्दै एकिकृत रोग किरा व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।  ९ जना पुरुष र १६ जना महिला गरी पाठशाला कार्यक्रममा स्थानिय २५ जना प्रशिक्षित भएका थिए । 

पाठशालाका अध्यक्ष पदम ध्वज शाहिको अध्यक्षता, वडा सदस्य चित्र बहादुर खाण, कृषि अधिकृत धनीराम आचार्य, सन्तोष भुषाल, कृषक समूह सञ्जाल वानपा ४ का अध्यक्ष केशवराज आचार्य लगायतको आतिथ्यता विष्णु भटराईको स्वागत र यम बहादुर भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको बताइएको छ।वाणगंगा नगरपालिका कृषि विकास शाखाको चालु आर्थिकवर्षको १लाख रुपैयाँ बजेटबाट सो कार्यक्रम सञ्चालन भएको नगरपालिकाले जनाएकोछ । 

प्रकाशित : ९ चैत्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६