कपिलवस्तु १० चैत । ब्यानरको गलत दु्रपयोग गरेको भन्दै सम्बधित व्यक्तिलाई अनेरास्ववियुले चेतावनी दिएको छ । संगठनको सदस्य समेत नरहेका व्यक्तिले पार्टि कार्यालय उद्घाटन गदै हिड्नु र पार्टि नेकपा एमालेलाई बदनाम गराउदै अनेरास्ववियु कपिलबस्तुको नाममा ब्यानर बनाई नारा, झण्डा र नामको दुरुपयोग गरी विद्यार्थीको नाममा गलत प्रचार गरेको पाइएकोले सम्बधित अराजक व्यक्तिलाई त्यस्ता गतिविधि बन्द गर्न चेतावनी दिएको छ ।
संगठन अनेरास्ववियु कपिलबस्तु जिल्ला कमिटि सदैब प्रगतिशिल जनवादि र देश भक्त बिद्यार्थीहरुको साथमा रहेकोले त्यस्ता अराजक गतिविधिलाई चिर्दै अनेरास्ववियुको मुल प्रवाहमा समाहित हुनका लागी न्याय प्रेमी विद्यार्थी साथीहरुलाई प्रेस विज्ञप्ति मार्फत अनुरोध गदछौ , अनेरास्ववियु कपिलवस्तुका जिल्ला संयोजक बाबुराम अर्यालद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
प्रतिक्रिया