कपिलवस्तु ११ चैत ।कपिलवस्तुमा हात्तिपाइले रोग विरुद्ध १२ वर्ष देखि अभियान चलाएर लाखौं रकम खर्च गरेपनि नतिजा सधै फेल आउने गरेको छ । तर अहिले सम्म सधै अभियान चलाउने र वजेट खर्च गर्ने विषयमा ध्यान दिइएपनि के कारणले फेल भएको हो नतिजा कसैले पनि विष्लेषण गरेको छैन । प्राप्त विवरण अनुसार कपिलवस्तु १० चैत।कपिलबस्तुमा चैत्र २० गतेबाट शुरु हुने हात्तिपाईले रोग बिरुद्दको औषधि ५ लाख ७४ हजार ७ सय ७० जनालाई खुवाईने लक्ष्य राखिएको छ । १२ बर्षसम्म पनि निरन्तर रुपमा अभियान चलेपनि प्रभाबकारी हुन नसकेपछि यसबर्ष नया रणनिति र लक्ष्यका साथ अघि बढने जनाईएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले राखेको राष्ट्रिय हात्तिपाईले रोग निवारण कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रममा गतबर्ष झैं यस वर्ष पनि स्वास्थ्यकर्मिहरुले पालिकाका प्रत्येक घर घरमा गई औषधि खुवाउने कार्यक्रम तय भएको जनाईएको छ । कपिलवस्तु जिल्लामा अब चल्ने अभियान १३ औ चरणको रहेको बताउदै यस अभियानलाई सफल पार्न स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेले सबैमा आग्रह गर्नुभएको छ ।
चैत्र २० गतेबाट शुरु हुने हात्तिपाईले रोग बिरुद्दको औषधी सेवन कार्यक्रमलाई सफल बनाउन सबैले निर्धक्क भएर औषधीको प्रयोग गर्न सुझाब दिनुभयो । परजिबि शरीरमा हुने तर लक्षण नदेखिएकाहरु धेरै भएको हुनाले सबैले अनिवार्य रुपमा औषधी सेवन गर्नुपर्ने उहाँको भनाई छ ।कार्यक्रममा हरनामपुर प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर गंगाराम यादबले सहजिकरण गर्दै कपिलवस्तु जिल्लामा २०७६/७७ सम्मको रिपोर्ट अनुसार ५ सय ८९ जनामा हात्तिपाईले रोग देखिएको जानकारी गराउनुभएको छ । जसमा खुट्टा सुनिएका २ सय जना ,हाईड्रोशिल भएका ३८४ जना र हात सुनिएका ५ जना रहेको जानकारी गराउनुभयो ।
जिल्लाको बाणगंगा ,महाराजगञ्ज नगरपालिका र बिजयनगर गाउपालिकामा यस रोगको बढि प्रभाब देखिएको बताउदै यसको प्रत्यक्ष प्रभाब जिल्लामा देखिनुले कपिलवस्तु जिल्ला यस अभियानमा पछि परेको उहाको भनाई छ । यो सरूवा रोग भएकाले सचेत रहन आग्रह गर्दै,क्युलेक्स जातको पोथी संक्रमित लामखुट्टेले मानिसलाई टोके पछि यो रोग लाग्ने जनाईएको छ ।
प्रतिक्रिया