जीवनशैली

स्थानीयको रिले अनशनः सुकुम्वासीको पीडा की कुनै चलखेल ?



कपिलवस्तु ११ चैत ।कपिलवस्तुको बुद्धभुमी नगरपालीका हनुमानचोकका स्थानीय सुकुम्वासी समस्या समाधान आयोगले वितरण गरेको अव्यवस्थीत बसोबासीको फारम भर्न पाउनुपर्ने माग गदैं सोमबारदेखी अनिश्चितकाल सम्मका लागी रिले अनशनमा बसेका छन् । कुल ४२ घरपरिवार अव्यवस्थीत बसोबासी रहेका उनीहरु नगरपालीका कार्यालय अगाडी फारम भर्न पाउनुपर्ने माग सहित रिले अनशनमा बसेका छन् । तर अनसन वास्तविक सुकुम्वासीको पीडाको प्रकट हो वा भूमाफियाको जग्गा हडप्ने चलखेल भन्ने पहिचान भने हुन वाकीछ । 

२०४२ सालदेखी उक्त ठाउँको संरक्षण गदैं आएको दावी गदैं स्थानीयले फारम भर्न नपाउन्जेल सम्म आन्दोलन जारी रहने संघर्ष समितिका संयोजक रमेश केसीले बताउनुभयो । उता बुद्धभुमी नगरपालीकाका प्रवक्ता एवं बडा नम्वर ४ का वाड अध्यक्ष पवन कुमार थारुले उक्त ठाउँमा बसोबास गरेकाको हकमा फारम भर्न नसकिने बताउनुभयो ।

उता सुकुम्वारी समस्या समाधान आयोग कपिलवस्तुका अध्यक्ष कृष्ण प्रसाद पौडेलले नदि, तालतलैया, बनजंगल, मठमन्दिर पालीकालाइ आवश्यक जग्गा बाहेक अन्यको हकमा घरजग्गा नभएका विगत १० बर्षदेखी बसोबास गदैं आएकालाई बनक्षेत्र भएपनि व्यवस्थीत बसोबास गराउन सकिने अधिकार पालीका स्वंयलाई दिएकाले फारम भर्न कुनै रोकाबट नभएको भुमी ऐनमा उल्लेख भएको बताउनु भयो ।

प्रकाशित : ११ चैत्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६