काठमाण्डौ ११ चैत्र । दुई महिनादेखि बन्द भीमफेदी–कुलेखानी–काठमाण्डौ सडकखण्ड खुलेको छ । मर्मतसम्भार र कालोपत्र गर्नका लागि दुई महिनादेखि बन्द गरिएको भीमफेदी–कुलेखानी–काठमाण्डौ सडकखण्डमा मर्मतको काम सकिए पछि आज बिहानदेखि सञ्चालनमा आएको हो ।भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको आठ किलोमिटर सडकका लागि १८ करोड रुपैयाँ र देउरालीदेखि कुलेखानीको हेबी चौरसम्मको साढे सात किलोमिटर सडकका लागि १६ करोड रुपैयाँ गरी ३४ करोड रुपैयााँ बजेट विनियोजन भएको थियो ।वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक डाक्टर सहदेव भण्डारीका अनुसार भीमफेदी–कुलेखानी–हेबीचौरसम्म पुरानो सडक फराकिलो पारिएको छ । ढल तथा पर्खाल निर्माण गरिएको छ । यस्तै मदनभण्डारी राजमार्गअन्तर्गत पर्ने सिस्नेरीदेखि काठमाण्डौको दक्षिणकाली जोड्ने सडक पनि धमाधम मर्मत भइरहेको प्रदेश यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ ।
११ चैत्र २०७७, बुधबार








प्रतिक्रिया