प्रदेश

रुकुममा जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ



रुकुम ११ चैत्र । दुई बालिकालाई अपहरण गरी ९ दिन सम्म शरीर बन्धक राखेर जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई रुकुम प्रहरीले पक्राउ गरेको छ । रुकुम –पूर्वमा १४ र १५ वर्षका दुई बालिकालाई अपहरण गरी बिगत ९ दिनदेखि शरीर बन्धक बनाएर करणी गरेको भन्दै प्रहरीले स्थानीय दुई जनालाई पक्राउ गरेको हो ।प्रहरीले बालिका अपहरणको अभियोगमा रुकुमकोटका स्थानीय २३ वर्षका पुरुष र १४ वर्षका बालकलाई पक्राउ गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक (डिएसपी) गणेशबहादुर श्रेष्ठले बताए ।

प्रहरीका अनुसार अपहरण गर्ने उनिहरुलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।चैत्रको १ गते घरबाट हराएका ती बालिकाहरु हराएको सम्बन्धमा हराएको १ सातापछि मात्र प्रहरीमा उजुरी आएको डीएसपी श्रेष्ठले बताए । उजुरीका आधारमा प्रहरीले खोजतलास गर्दा एक नाबालक किशोर सहित अर्का एकजनाले उनीहरुलाई कोठामा बन्धक बनाई राखेको अवस्थामा फेला पारेको डिएसपी श्रेष्ठले बताए ।

बालिकाहरुले प्रहरीलाई करणी भएको बयान दिएको आधारमा उनीहरुमाथि अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणीको अभियोगमा मुद्दा दर्ता गर्ने प्रहरीले तयारी गरेको छ । प्रारम्भिक स्वास्थ्य परीक्षणमा बालिकाहरु स्वस्थ रहेको भएपनि करणीका सम्बन्धमा जिल्ला अस्पतालबाट रिपोर्ट आई नसकेको श्रेष्ठले बताए ।

पक्राउ परेका २३ वर्षिय पुरुष पनि १४ वर्षीय नाबालकको अपराधसँगै जोडिएर आउने भएका कारण नाम खुलाउन नमिल्ने डीएसपी रुेष्ठले बताए । १ गते अपहरण गरेर कोठामा बन्धक बनाएर राखेको दिनबाटै बालिकामाथी करणी हुदै आएको अनुसन्धानबाट खुल्न आएको डिएसपी श्रेष्ठले जानकारी दिए ।उद्दार गरिएका बालिकाहरुले बिहान ५ बजेको समयमा दिसा पिसाब गराउनको लागि आफै शौचालय लैजाने र दिन भरी कोठामा थुनेर राख्ने गरेको प्रहरीलाई बताएका छन् । बालीकाहरु रुने, चिच्याउने गरेमा विभिन्न धम्की दिएर चुप लाग्न बाध्य पारिने गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ११ चैत्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६