प्रदेश

हाब्रेको छालासहित तीन जना पक्राउ



सोलुखुम्बु ११ चैत्र । दुर्लभ वन्यजन्तु रेड पाण्डा (हाब्रे) को छालासहित सोलुखुम्बुको महाकुलुङबाट तीन जना पक्राउ परेका छन् । सात वटा रेड पाण्डाको छाला र पाँच वटा पासोसहित उनीहरूलाई घरैबाट पक्राउ गरिएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।पक्राउ पर्नेहरूमा महाकुलुङ गाउँपालिका २ का ७६ वर्षीय बृद्ध जगत बहादुर राई, त्यही गाउँपालिका ३ का ५६ वर्षीय कविर शंकर राई र ५७ वर्षीय मितुरधन राई रहेका छन् । सोमबार साँझ पक्राउ परेका उनीहरूलाई बिहीवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो  ।

मकालु वरुण राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र बफरजोनभित्र गैरकानुनी रूपमा वन्यजन्तुको चोरी सिकार गरी मार्ने, आखेटोपहार लुकाइ–छिपाइ राखी खरिदरबिक्री गर्ने तथा ओसारपसार गर्ने गरेको भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) कवित कटुवालले जानकारी दिनुभयो । घटनाको अनुसन्धानका लागि पक्राउ परेका तीनै जनालाई कानुनी कारबाहीका लागि राष्ट्रिय निकुञ्ज पठाइने उहाँको भनाइ छ ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ को १ अनुसार उनीहरूलाई पाँच लाखदेखि दश लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद सजाय या दुवै हुन सक्ने कानुनी प्रावधान छ ।  

प्रकाशित : ११ चैत्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६