ब्रेकिंग न्युज

फारम भर्न नदिएको विरोधमा स्थानीयद्धारा नगरपालिका अगाडी अनसन



 कपिलवस्तु १२ चैत्र । बुद्धभुमि नपा वडा न ४ बुड्ढी हनुमानचोकमा करिव २५।३० वर्ष देखि बस्दै आएका  ४२ घर परिवारले सरकारले दलित भुमिहिन तथा अब्यवस्थीतहरुका लागी फारम भर्ने सुचना जारी गरेकोमा आफुहरुलाई वडा अध्यक्ष तथा नगरपालिकाले फारम भर्ने अधिकारवाट बन्चित गरेको भन्दै चैत ५ गते देखि आन्दोलनमा उत्रिएका स्थानीयहरु चैत ९ गते देखि नगरपालिका अगाडी रिले अनसनमा बसेका छन । 

बुद्धभुमि नगरपालिका अगाडीको सडकमा माग पुरा नहुन्जेल रिले अनसनमा बस्ने संघर्ष समितिका संयोजक रमेस केसीले बताउनु भएको छ । उनीहरुले राज्यले सुकुम्वासी र अब्यवस्थीत बसोवास गनेर््हरुलाई छुट्टाछुट्टै फारम भराई  कम्तिमा १० वर्ष दे िखजोतभोग तथा आवाद गरि बसेका ब्यक्तिहरुलाई जगल, सरकारी जग्गा वा सार्वजनिक जग्गामा घर बनाएर बसेको भए एक पटकलाई जग्गा उपलब्ध गराउन कानुन निमार्ण गरि सुकुम्वासी आयोग मार्फत जग्गा उपलब्ध गराउने भनेकोमा जनप्रतिनिधिहरुल्े बुड्ढी प्रतिक्षालयमा बस्ने ४२ घर परिवारलाई फारम भर्नवाट बन्चित गरेको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रिएका हुन । 

आफुहरु विगत ३०,३५ वर्ष देखि बस्दै आएको र बन प्रशासनले पटकपटक आगजनी गर्दा पनि नछोडेका स्थानीय वासीहरुलाई हाइओएमा जग्गा दिनु पर्ने भएको भन्दै स्थानीय सरकारका प्रतिनिधिहरुले फारम भर्न नदिएको स्थानीय संघर्ष समितिका अध्यक्ष रमेश केसी को.आरोप छ ।   सबै देश भरका सुकुम्वासी देखि सयौ विघा जग्गा भएकाहरुले समेत फारम भराइएकोमा आफुहरुलाई नियतबस फारम भर्न नदिएकोले बाध्य भएर संघर्ष गर्नु परेको सर्मिला दर्जीले बताउनु भएको छ । यस्तै उनीहरुले चैत ५ गते देखि आफ्ना पेशा तथा ब्यापार बन्द गरेर आन्दोलनमा उत्रिएका छन ।

पटक पटक माग राखेपनि सुनुवाई नभएको भन्दै आन्दोलनमा उत्रीनु परेको बताएका छन । स्थानीयहरु अन्य नागरिक सरह आफ्नो नागरिक सम्बन्धी हकवाट बन्चित गरेको भन्दै मानवअधिकार समुह बुद्धभुमिले आन्दोलन प्रति एक्यबद्धता जनाउदै अन्य नागरिक सरह उनीहरुले पनि फारम भर्न पाउने हक रहेकोले कसैलाई पनि आफ्नो अधिकारवाट बन्चित नगर्न मानवअधिकार समुहका सचिव रुपक खनालले आग्रह गर्नु भएको छ । यस्तै समाजसेवि माधुराम खनाल , एमाले जिल्ला कमिटी सदस्य नरहरी भट्टराई ,पुर्व गाविस अध्यक्ष रुपेश श्रेष्ठ , समाजसेवि बसन्त पराजुलीले पनि निर्वाध रुपमा भेदभाव नगरि अब्यवीस्थत बसोवासीको फारम भर्नवाट बन्चित गर्न नहुने बताउनु भएको छ । 

प्रकाशित : १२ चैत्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६