प्रदेश

प्रि-मनसुनमा पनि पर्याप्त पानी नपर्ने सम्भावना



काठमाण्डौ १३ चैत्र । यस वर्षको प्रि-मनसुनमा पनि पर्याप्त पानी नपर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।हिउँदमा पनि पर्याप्त पानी नपर्दा सुख्खा बढेको छ । पर्याप्त पानी नपर्दा हिउँदे बालीमा समेत नोक्सानी भएको थियो ।मौसमविद् प्रतिभा मानन्धरका अनुसार अघिल्ला वर्षहरुमा जस्तो यो वर्षको प्रि-मनसुनमा पर्याप्त मात्रामा पानी पर्ने सम्भावना छैन। अहिले पश्चिमी र स्थानीय वायुको प्रभाव रहे पनि पानी पार्ने प्रणाली सक्रिय नभएकाले फाट्टफुट्ट बाहेक ठूलो पानी पर्न सकेको छैन ।

हरेक दिन दिउँसोपछि चट्याङ्गसहित हल्का पानी परे पनि जमिन भिज्ने गरी पानी नपरेको मौसमविद् मानन्धरले बताउनुभयो । यसले गर्दा सुख्खापन बढेको छ भने वातावरण प्रदूषण पनि बढ्दै गएको छ।मनसुन नलाग्दासम्म मौसम समान्यतया अहिलेको जस्तै नै रहने मौसमविद्को अनुमान छ । प्रि-मनसुनमा समेत पर्याप्त पानी पर्ने सम्भावना नरहेकाले कृषि बालीमा नोक्सानी पुग्ने सम्भावना छ । अहिले पहाडी क्षेत्रमा मकै छर्ने बेला भएको छ । तर, पानी नपर्दा किसानमा अन्योल बढेको छ ।पर्याप्त पानी नपर्दा सिँचाई नहुने ठाउँका बालीमा रोगकिरा लाग्ने जोखिम पनि उत्तिकै रहने विज्ञले बताएका छन् । हिजोआज प्रायस् सधैँजसो मौसम धुम्म भए पनि पानी पर्न सकेको छैन । यस्तै, वायुमण्डलमा थुप्रिएका धुलोका कणहरु बढार्ने गरी हावा नचल्दा वायु प्रदूषण पनि उत्तिकै छ ।

अघिल्लो वर्षको मनसुनपछि अहिलेसम्म जमिन भिज्ने गरी पर्याप्त पानी पर्न सकेको छैन । यसले गर्दा आगलागीका घटनासमेत बढ्दै गएको छ । बढ्दो सुख्खापनले आगलागीका घटना अझ बढ्न सक्ने मौसमविद्को अनुमान छ ।यस्तै, अहिले काठमाण्डौ उपत्यकासहित देशभरका पहाडी ठाउँहरुमा मौसम आंशिक बद्ली भएको छ । आज र भोलि मौसम यस्तै नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बेलुकीपख प्रदेश-१ सहित पहाडी क्षेत्रका केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको छ । 

प्रकाशित : १३ चैत्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६