अर्थ-वाणिज्य

लुम्बिनी प्रदेशको रोक्का जग्गा निश्चित प्रयोजनको लागि फुकुवा गरिने



बुटवल १३ चैत्र । लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको स्थानको रोक्का जग्गा निश्चित प्रयोजनको लागि फुकुवा गरिने भएको छ। लुम्बिनी प्रदेशको स्थायी राजधानी प्रस्ताव गरेपछि दाङको राप्ती गाउँपालिका सबै, गढवा गाउँपालिकाका वडा नम्बर १, २ र ३ तथा अर्घाखाँची जिल्लाको सितगंगा गाउँपालिकाको वडा नम्बर ८ र ९ को जग्गा कारोबारमा गत असोज १६ गते प्रदेश सरकारले रोक्का लगाएको थियो।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले रोक्का गरिएको सो क्षेत्रको जग्गा निश्चित प्रयोजनको लागि फुकुवा गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए। असोज २० गते प्रदेश सभाले सो ठाउँलाई स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो।फुकुवा गर्ने निर्णय गर्दै प्रदेश सरकारले त्यसको लागि आवश्यक समन्वय गर्न नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई अनुरोध गरेको प्रवक्ता चौधरीले जानकारी दिए। अंशबण्डा, लिलाम र बैंकबाट लोन लिने जस्ता केही प्रयोजनको लागि रोक्का जग्गा फुकुवा गरिएको निर्णयमा उल्लेख छ।

प्रकाशित : १३ चैत्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६