प्रदेश

पाठयक्रम केन्द्रित शैक्षिक प्रदर्शनी



कपिलवस्तु १३ चैत ।शिक्षा युवा तथा खेलकुद शाखा वाणगंगा नगरपालिका कपिलवस्तुको आयोजनामा वाणगंगा माध्यमिक विधालयमा शैक्षिक सामाग्री प्रर्दशनी गरिएको  छ । बालज्योति बालबिकास केन्द्र कप्टैया प्रथम , कक्षा १ -५ सम्म सुर्योदय आधारभूत बिद्यालय चप्परगाउ प्रथम, ६ देखी ८ सम्म जनचेतना आधारभूत बिद्यालय बनगाई प्रथम र ९ देखी १२ सम्म होराईजन माध्यमिक सिद्धिपुर प्रथम भएको छ । 

बिद्यार्थीहरुलाई प्रभावकारी शिक्षणका लागि शैक्षिक सामाग्रीको महत्व तथा आवश्यकता रहेकाले शिक्षणमा यो विधि अपनाउने उद्देश्यका साथ वाणगंगा मा. बि गजेहडाको प्राङगण कार्यक्रम भएको  छ । कार्यक्रममा वाणगंगा नगरपालिका भित्र रहेका सामुदायिक विधालयहरुले पाठ्यक्रममा आधारीत शैक्षिक सामाग्रीहरु प्रर्दशन गरेका थिए ।

कार्यक्रममा बोल्दै वाणगंगा नगरपालिका उपप्रमुख चक्रपाणी अर्यालले शिक्षणका लागी शैक्षिक सामाग्री नभई नहुने र फरक विषयवस्तुका लागि फरक सामाग्री उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो । वाणगंगा नगर शिक्षा प्रमुख वाबुराम भट्टराईले शिक्षाको ईतिहासलाई हर्ने हो भने अहिले शिक्षामा धेरै सुधार भईसकेको बताउनु भयो । 

प्रकाशित : १३ चैत्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६