अर्थ-वाणिज्य

कार्यकाल वाँकी २ वर्षको,मन्त्रीको बाचा ३ वर्षको



कपिलवस्तुु १४ चैत।नेपालको पहिलो नल्का (ह्यान्डपाइप)सुरक्षित खानेपानी युक्त वडा घोषणा गरिएको छ ।शनिवार कपिलवस्तुुको शिवराज नगरपालिका वडा न २ लाई लुुम्बिनी प्रदेश भौतिक पूर्वधार विकास मन्त्री बैजनाथ चौधरीले खानेपानी युक्त वडा घोषणा गरिएको गर्नुभएको हो ।मन्त्रीले चौधरीले वडावासीलाई सुरक्षित खानेपानी बनाउने ज्ञान आर्जन भएकोले अब वडाका सबैले सुरक्षित खानेपानी पाउने बताउनुुभयो । मुुलुुककै पहिलो वडाको रुपमा घोषणा गर्न सफल भएकोमा वडावासीलाई धन्यवाद दिनुुभयो । 

प्रदेश सरकारले अबको तीन वर्ष भित्र प्रत्येकको घरमा सुरक्षित खानेपानी पुु¥याउने लक्ष्य राखेको बताउनुुभयो । तर स्वयम प्रदेश सभाको अवधी अव २ वर्षमात्र वाँकीछ । मन्त्री चौधरीले आफ्नो कार्यकाल भन्दा पछिको समेत वाचा गर्नु भएको छ । “प्रदेश सरकारको लक्ष्य सफल बनाउन नागरिकहरुको सहयोग अनिवार्य छ, मन्त्रीले चौधरीले भन्नुुभयो, “तीन वर्ष भित्र सबै नागरिकहरुको घरमा सुरक्षित खानेपानी पुु¥याउछौ ।” सरकारले वास प्लान देखि अन्य योजनाहरु बनाएकोले अब घरघरमा पुुगेर पानी जाँच लगाएत कतिपय ठाउँमा पानी ट्याङकी निर्माणको काम भइरहेको उहाँले बताउनुुभयो । प्रदेश सरकारले शिवराज नगरपालिकामा तीन वटा खानेपानी योजनाहरु छनोट गरेकोले निर्माणको काम निरन्तर चलेको बताउनुुभयो ।

लुुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले सुरक्षित खानेपानी आजको मुख्य आवश्यकता रहेको बताउनुुभयो । दुषित पानीकै कारणले धेरै रोगहरु लाग्ने भएकाले स्वास्थ्य जिवनको लागि शुुद्ध पानी चाहिने बताउनुुभयो । यस कार्यलाई निरन्तरता दिदै साना साना बालवालिकाहरुलाई पनि सुरक्षीत पानी बनाउने ज्ञान दिनुुपर्ने जनाउनुुभयो । कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले वडामा रहेका पाँच हजार बढी नागरिकहरुले सुरक्षित खानेपानी पाएको बताउनुुभयो । एउटा वडावाट सुरु भएको सुरक्षित खानेपानी घोषणा कार्यक्रम सबै वडामा निरन्तर चल्ने बताउनुुभयो ।

वडाका १३ वटा टोलमा समिति गठन गरि निरन्तर काम गरेर (ह्यान्डपाइप)सुरक्षित खानेपानी युक्त वडा घोषणा गरिएको वडा अध्यक्ष राम बहादुर चौधरीले बताउनुुभयो । खानेपानी सुरक्षा योजना चलयामान राख्नेको लागि मासिक बैठक,पानीको गुुणस्तरीय जाँच गर्ने १५÷१५ दिनमा क्लोरिनेशन विधिवाट शुुद्धिकरण गर्ने लगाएतका योजनाहरु रहेको उहाँले बताउनुुभयो । वडामा रहेका ९९५ घरधुुरीमा ७७२ वटा नल्का प्रयोगमा रहेको र २२ वटा नल्कामा आर्सेनिकको मात्रा बढी रहेकोले बन्द गराइएको शिवराज नगरपालिकाका वास अफिसर राजेश चौधरीले बताउनुुभयो ।

प्रकाशित : १४ चैत्र २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६