पाल्पा १४ चैत । पाल्पाको बगनासकाली गाउपालिकालाई लुम्बिनी प्रदेशकै पहिलो बालमैत्री गाउपालिका घोषणा गरिएको छ । शनिबार पालिकामा एक कार्यक्रमको आयोजना गरी पालिका बालमैत्री गाउपालिका भएको घोषणा गरिएको हो । बालमैत्री स्थानिय सासन राष्ट्रिय रणनिती बमोजिम सरकारले निर्धारण गरेका बिभिन्न ३९ सुचकमा तोकिए अनुसारको नतिजा प्राप्त गरी पालिका प्रदेशकै पहिलो बालमैत्री पालिका बन्न पुगेको पालिकाका अध्यक्ष कृष्ण बस्यालले बताउनु भयो ।
पालिकाले ३० ओटा सुचकमा सत प्रतिशत र ९ सुचकमा ९० प्रतिशत भन्दा बढी र १६ ओटा सुचकमा टेकेर कार्य गरेको जनाइएको छ । सुचकहरु प्राप्तीका लागी गर्भाबस्था देखी एक हजार दिन सम्मका आमाहरुलाई सुरक्षित मातृत्व, पोषिलो खाना, पुर्ण स्तनपान, बालबालिकाको मष्तिस्क बिकासमा ध्यान दिनु पर्ने सचेतना लगाएतका कार्यहरु पार गरेको जनाएको छ । कार्यक्रममा बोल्दै गाउपालिका उपाध्यक्ष सरस्वती चिदीले पालिका बालमैत्री बने संगै पालिकाको जिम्बेवारी अझ बढेको बताउनु भयो ।
आगामी दिनमा बालबालिकाको क्षेत्रमा अझ बढी ध्यान दिएर लाग्ने चिदीको भनाइ छ । घोषणा कार्यक्रममा बिभिन्न कारणले आमा बाबु गुमाएका बालबालिकाहरुलाई प्रदान गरिदै आएको मासिक भत्ता सेमत बितरण गरिएको थियो ।
प्रतिक्रिया