अन्तर्राष्ट्रिय

कोरोना कै बीच गरिएको नेपाल भारत मैत्रिपूर्ण नृत्य प्रतियोगिताको घोषणा के होला ?



कपिलवस्तु चन्द्रौटा  नेपाल भारत मैत्रिपूर्ण नृत्य प्रतियोगिता हुने भएको छ । छमछमि ईन्टरटेमेन्ट प्रालिको आयोजनामा कपिलवस्तुको कृष्णनगरमा यहि चेत्र २१ देखि वैशाख १५ गते सम्म हुने प्रालीका निर्देशक सुमन पौडेलले बताउनुभयो । शनिवार पत्रकार सम्मलेन गरी सो कार्यक्रम बारे जानकारी दिइएको छ ।यता कोरोनाकै बीच गरिएको यस्तो घोषणा कार्यान्वयमा आउला की घोषणामै सिमित होला अहिले निश्चित भै सकेको छैन । 

दुई देशका कलाकारहरु विच आपसी सम्बन्ध कायम गरि दुबै देशमा लुकेर रहेको क्षमतालाई बाहिर ल्याउने मुख्य उद्देश्यका साथ उक्त प्रतियोगिता आयोजना गरिएको पौडेलले बताउनुभयो । अहिले सम्म भारतीय कलाकारसँग नेपाली कलाकारहरु अपरिचित हुने तथा नजिकको सम्बन्ध नहुने गरेकोले यो कार्यक्रमले सम्बन्धलाई प्रगाढ गराउने विश्वास रहेको छ । सीमा क्षेत्र केहि फरक सस्कृती रहेकोले ती सस्कृतीलाई यसै कार्यक्रम मार्फत विश्वस सामु पु¥याउने पौडेलले बताउनुभयो । दुई देश विच व्यापारीक सम्बन्ध मात्र रहेकोले अव एउटै मन्चमा नेपाली र भारतीय कलाकारहरुलाई देख्न सकिने पौडेलले जनाउनुभयो ।

कार्यक्रमले सीमा क्षेत्रमा बस्ने नागरिकहरुलाई मनोरन्जन प्रदान गर्नुका साथै टेलिभिजन मार्फत मुलुक भर तथा युटुवमार्फत विश्वभरका नागरिकले मनोरन्जन लिन सक्ने बताइएको छ । सामुदायिक टेलिभिजन बुद्ध आवाज वाट प्रशारण हुने उक्त प्र्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । अहिले सम्म प्रतियोगितामा १५० जना सहभागिहरु भएका मध्ये ८० जना भारतीय कलाकारहरुको सहभागिता रहेको उहाँले बताउनुभयो । नेपाली,हिन्दी र अग्रेजी गितमा हुने प्रतियोगितामा प्रथम हुनेले रु १ लाख,द्धितिय २० हजार र तृतिय १० हजार पुरस्कार रहेको छ ।

प्रकाशित : १५ चैत्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६