शिक्षा

श्री जनता आधारभुत बिधालयको ३३ औं बार्षिक उत्सव तथा अभिभावक दिवस



गैडहवा १५ चैत्र ।  रुपन्देहीको गैडहवा गाउपालिका वडा नं. ८ देबिनगरमा रहेको श्री जनता आधारभुत बिधालयको ३३ औं बार्षिक उत्सव तथा अभिभावक दिवस लुम्बिनी प्रदेश प्रदेशका सभामुख पुर्ण बहादुर घर्ति मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।बार्षिक उत्सव तथा अभिभावक दिवसमा सभामुख घर्तिले संबिधानमा राज्यको शिक्षा निशुल्क भनिएको भएपनि व्यबहारमा लागु हुन नसक्नु दुखद पक्ष भएको बताउदै राज्य संयन्त्रको नेतृत्व गर्नेहरुको दृष्टिकोण देश र जनता प्रति सकारात्मक बिकास।नभएसम्म निशुल्क शिक्षा व्यबहारमा लागु हुन नसक्ने बताउनु भएको छ ।  

राज्यको महत्वपुर्ण अंगमा बसेका नेतृत्वले र सांसद तथा मन्त्रीहरुले निजी विधालयहरुमा लगानी गरेकै कारण पनि सामुदायिक बिधालयहरुको शिक्षा निशुल्क र गुणस्तरिय समेत नुहने उल्लेख गर्दै उमेर पुगेका र शारिरीक रुपमा समेत कमजोर भएका शिक्षक कर्मचारीहरुलाई गोल्डेन हैण्ड चेक उपलब्ध गराई अवकास दिएर नया सोंच र दृष्टिकोणका साथ तयार भएका ग्रेजुएट युवाहरुलाई खुल्ला प्रतिस्पर्धाबाट शिक्षक भर्ना गर्न सकेमात्र बिधालयहरुमा शैक्षिक सुधार सहितको गुणस्तरियता आउने बताउनु भएको छ ।

यस्तै जिल्ला समन्वय समितिका सदस्य ज्ञानु बि।क।ले हरेक बिधालयहरुको शैक्षिक सुधार र बिधार्थीहरुको गुणस्तरिय शिक्षा शिक्षक,अभिभावक र बिधार्थी बिचको त्रिकोणात्मक सम्वन्धमा निर्भर हुने भएकोले शिक्षक,अभिभावक र बिधार्थीहरु निरन्तर समन्वय हुनु पर्नेमा जोड दिनु भएको छ । यस्तै नेपाली कांग्रेसकी नेतृ तथा पुर्व शिक्षिका मञ्जु न्यौपानेले बिधालयमा बिधार्थीको चाप अनुसार शिक्षक कर्मचारीहरुको अभाव भएको र भएका शिक्षक शिक्षिकाहरु पनि न्यूनतम पारिश्रमिकमा काम गराउनु पर्ने बाध्यतालाई अन्त्य गर्न आवस्यक शिक्षक कर्मचारीहरुको यथासक्य व्यबस्थापन गर्न सभामुख घर्ति समक्ष आग्रह गर्नु भएको थियो ।

बिधालय व्यबस्थापन समितिका अध्यक्ष दान बहादुर घर्ति मगरको अध्यक्षता,बिधालयका प्रधानाध्यापक सूर्य कुमार रिजालले बिधालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा नमुना शिक्षा इंलिस बोर्डिंग स्कुलका प्रधानाध्यापक रामलाल लोध,एभरेष्ट युवा कलवका अध्यक्ष तथा बिधालयका पुर्व बिधार्थी पदम बहादुर मगर लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।

३५० बिधार्थीहरुले अध्ययन गर्ने जनता आधारभुत बिधालयका पुर्व बिधार्थी सुभाष पुनको संचालन तथा शिक्षक गणेश कुमार गौतमले स्वागत गर्नु भएको कार्यक्रममा बिधालयको बार्षिक परिक्षामा उत्तिर्ण तथा आन्तरिक तथा बाह्य प्रतियोगिताहरुमा विजेता छात्र-छात्राहरुलाई सम्मान तथा पुरस्कार बितरण गरिएको थियो भने छात्रछात्राहरुद्वारा बिभिन्न नृत्य समेत प्रस्तुत गरेका थिए ।

प्रकाशित : १५ चैत्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६